देशभर संक्रमण दर केही घटे पनि काठमाडौ उपत्यकामा भने एकै दिन ३२६ संक्रमित

काठमाडौं, २२ भदौ । काठमाडाैं उपत्यकामा अझै काेराेनाकाे संक्रमणकाे दर अझै कम भएकाे छैन । साेमवार पनि काठमाडौं उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण देखिएकाे छ । उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण हुँदा देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । तुलनात्मक रुपमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा संक्रमण दर घटे पनि काठमाडौं उपत्यकामा भने बढिरहेको […]

पिसिआर रिपोर्ट विना हुम्ला जिल्ला प्रवेशमा निषेध

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । हुम्लालाइ ग्रीनजेनकै रुपमा राख्न अब पिसिआर रिपाेर्ट विना हुम्ला प्रवेश गर्न नपाउने व्यवस्था लागु गरिने भएकाे हाे । जिल्लाको डिसिसिएमसीले पिसिआर चेकजाँच गरेकाहरुले मात्र हुम्ला आउन पाउने र आउँदा अनिवार्य पिसिआर रिपाेर्ट देखाउन पाउने निर्णय गरेकाे छ । कोभिड–१९को रोकथाम, नियन्त्रण र व्यवस्थापन […]

आयल निगमको २० हजार लिटर डिजेल बोकेको ट्याङ्कर थानकोटमा दुर्घटनामा 

काठमाडौं, २१ भदौ । रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे ।  दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ । थानकाेट डिपाेमा जाने माेडमै पुगेर माेडिएपछि ट्याङ्कर मूल सडकबाट चिप्लिएर खेतमा खसेको छ । निगमको थानकोट […]

शनिवार पनि उपत्यकामा चारसय बढी संक्रमित पुष्टि, देशभर भेटिए १०४१ कोरोना पोजिटिभ

काठमाडौं, २० भदौ । शनिवार काठमाडाैं उपत्यकामा चारसय बढी काेराेनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा शनिवार ४०८ जना संक्रमित भेटिएकाे बताएकाे छ । उपत्यकामा भेटिएका नयाँ संक्रमित मध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना नयाँ संक्रमित पुष्टि भएकाे छ […]

प्रम ओलीले नसकेपछि अन्ततः अर्थमन्त्री खतिवडाले दिए राजिनामा, ओली पार्टीमा पहिलो पटक असफल

काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा फेरि मनाेनित गर्ने बाटाे बन्द गरेपछि अन्तत: अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नाे पदबाट राजिनामा दिएका छन् ।  राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुन: मन्त्री नियुक्‍त भएका थिए । संसदकाे सदस्यकाे […]

साथीलाइ माेटरसाइकलसहित बाढीमा गुमाएका कृष्ण भन्छन: माेटरसाइकल फालेर कान्लामा उक्लेर बालबाल बचेँ

बागलुङ । घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच […]

भारतबाट दुई युवतीलाइ उद्दार गरी नेपाल ल्याइयो

परासी । एक बालिकासहित दुई नेपाली महिलालाई भारतबाट उद्दार गरी नेपाल ल्याइएको छ। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई नेपाली महिलालाई उद्दार गरिएको हो। उद्दार गरिएकामध्ये चितवनकी चार वर्षीया बालिका, १७ र २२ वर्षीया महिला रहेका छन्। […]

ढोरपाटनमा आएको बाढीले ९ जनाको मृत्यु, ३० बढी बेपत्ता

बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा बाढीले ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । ढाेरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा ठूलाे क्षति पुर्याएकाे हाे ।  सुकुर्दुङस्थित भूजी खोला आएको बाढीमा परी अहिलेसम्म  मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । त्यसैगरी अहिलेसम्म ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ […]

संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो, आज थपिए ११२० संक्रमित

काठमाडौं, १७ भदौ । नेपालमा काेराेना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् । मंगलबार एक हजार नाघेकाे संक्रमण बुधवार ११ सयभन्दा बढी देखिएकाे छ । बुधवार देशभरका प्रयाेगशालामा गरिएकाे परिक्षणाबाट ११२० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको […]

उपत्यकामा एक साता अझै कर्फ्यू जारी राख्ने निर्णय

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठकले कर्फ्यूकाे समय थप एक साता लम्ब्याउने निर्णय गरेकाे छ । गृह मन्त्रालयसँगको सल्लाह र सुझावपछि कर्फ्यू लम्ब्याइएकाे बताइएको छ। सुरुमा भदाै ३ गतेदेखि जारी गरिएकाे निषेधाज्ञाको समय यसअघि पनि एक हप्ताका लागि भनेर थप गरिएकाे थियाे । कोरोना भाइरसको संक्रमण नराेकिएकाे भन्दै उपत्यकामा थप एक […]