मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

काठमाडौँ, ३ चैत । सुदूरपश्चिम प्रदेशले भोलि (मंगलबार)मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो । प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताएका छन् ।  

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत

राष्ट्रियसभाको सोमबार बैठकले ‘नेपाल हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ स्वीकृत गरेको छ । यही फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता भएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले देशभित्रकै लामो अनुभवका आधारमा छुट्टाछुट्टै कानूनको आवश्यकता महसुस गरी दुई विधेयक ल्याइएको बताए। “हवाई सेवा र नागरिक उड्डयन […]

हवाई सेवा बन्द हुदा फर्कन नपाएकाहरुलाई २ हप्ताको विशेष विदा दिने साउदीको निर्णय

३ चैत। कोरोना भाईरस (कोभिड–१९) संक्रमणका विरुद्ध लड्नका लागि व्यापक तयारी गरेको साउदी अरबले हवाई सेवाका कारण साउदी फर्कन नपाएकाहरुलाई दुई हप्ते विशेष विदा दिने निर्णय गरेको छ । ‘साउदीको हवाई सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरुका लागि २ हप्ताको विशेष विदा दिर्ने निर्णय साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।’ नेपाली […]

आगामि शैक्षिक सत्रदेखि विद्यालय समय ९ देखि ३ बजेसम्म

काठमाडौं, ३ चैत । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने र गराउने निर्णय गरिसकेको छ । साथै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप […]

बुवाआमाको हत्या गरेको आरोपमा पक्राउ परेका छोरा सार्वजनिक

कञ्चनपुर, ३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बस्ने भण्डारी दम्पती हत्या प्रकरणमा छोरा भरत भण्डारी तानिएका छन्। उनलाई प्रहरीले डडेल्धुरा अमगरगढी नगरपालिका २ जुगेनामा रहेको उनकै घरबाट आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कटान टोलका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको धारिलो हतियार प्रयोग गरी हत्या […]

दाँतको उपचारका लागि आएकि बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

बुटवल, ३ चैत । दाँत दुखेर उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । मृतकका आफन्तले अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात गरेको अस्पतालका व्यवस्थापक कमल ढकालले जानकारी दिए। ‘बिरामीको आफन्त हुँ भन्ने २५र२६ जनाको समूहले एकाएक […]

काठमाडौंका विभिन्न स्थानबाट ११ लाख थान माक्स बरामद

काठमाडौं, ३ चैत्र । विशेष सूचनालाई पछ्याउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंका विभिन्न स्थानमा छापा मारिएको हो । विशेष सूचनालाई पछ्याउँदा नेपाल प्रहरीले तीन दिनमै ठूलो सफलता हात पारेको छ । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान माक्स बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० विष्णुदेवी करिब ८ […]

कोरोना भाइरसबिरुद्धको खोप पहिलो पटक आज मानवमा परीक्षण गरिदै

काठमाडौं ३ चैत । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू परिचालित हुनेछन् । उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए  ‘आरएनए’ को […]

सोमबार बिहान सतुङ्गलबाट ८ लाख ४० हजार मास्क बरामद

काठमाडौँ, ३ चैत । काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा ठूलो सङ्ख्यामा मास्क बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । […]

असिनापानीले चुटेर अर्घाखाँचीमा २ को मृत्यु, ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति

अर्घाखाँची, ०३ चैत । गत शनिबार अविलरल वर्षासँगै परेको असिनापानीले चुटेर अर्घाखाँचीमा २ जनाको ज्यान गएको छ । भने ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अघाँर्खाचीले जनाएको छ । अघाँर्खाचीका भूमिकास्थान नगरपालिकामा गत शनिबार परेको असिनापानीका कारण दुई जनाको मृत्यु भएको छ । करोडौको अन्नबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र अघाँर्खालीले […]