शिक्षा पत्रकारिता पुरस्कार तीन जनालाई

राजधानी दैनिक र सगरमाथा टेलिभिजन पनि पुरस्कृत

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७० तीन जनाले प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा विभागको पुरस्कार छनौट समितिले उनीहरुलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो । 

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा सोमबार बसेको पुरस्कार छनौट समितिको बैठकले उक्त निर्णय गरेको हो । यस पटकको राष्टिय शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्नेहरुमा नागरिक दैनिक पश्चिमेलीका सम्पादक रुद्र खड्का (बाँके), नयाँ पत्रिका दैनिकका भवानीश्वर गौतम (काठमाडौं) र गोरखापत्र दैनिकका शेषकान्त पण्डित (काठमाडौं) रहेका छन् । उनीहरुले ७५ हजार राशीको पुरस्कार संयुक्तरुपमा पाउने भएका हुन् । 

त्यसैगरी पुरस्कार छनौट समितिले विभिन्न क्षेत्रका क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पाउनेहरुको नाम पनि सार्वजनिक गरेको छ । क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार २०७० पाउनेहरुमा पूर्वाञ्चलबाट ध्रुव सुवेदी (भोजपुर), मध्यमाञ्चलबाट मकवानपुरका ध्रुव अधिकारी र सुनील खड्का, उपत्यकाबाट कृष्ण ज्ञवाली (काठमाडौं) र सूर्यप्रसाद पाण्डे (काठमाडौं) पश्चिमाञ्चलबाट रेखीराम राना (पाल्पा) र कृष्ण मल्ल (रुपन्देही) मध्यपश्चिमाञ्चलबाट सुरेन्द्र काफ्ले (बाँके) र सुदूरपश्चिमाञ्चलबाट प्रकाश सिंह (बाजुरा) रहेका छन् । क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कारको राशी २५ हजार रहेको छ । 

त्यसैगरी विभिन्न पत्रकारहरुलाई शिक्षा लखेनवृति पनि प्रदान गरिएको छ । शिक्षा लेखनवृति पाउनेहरुमा पूर्वाञ्चलबाट छेटु शेर्पा (संखुवासभा) र सुरेन्द्र भण्डारी (झापा), मध्यमाञ्चलबाट संयुक्त रुपमा महेशकुमार दास (महोत्तरी), चिना थापा (सिन्धुली) र रमा दाहाल (काभ्रे), उपत्यकाबाट स्मृती गिरी (इमेज टेलिभिजन) रोशन क्षेत्री गाउँले (एजुकेशनल पेजेज) निर्जना शर्मा (रिपब्लिका दैनिक) रहेका छन् । त्यस्तै पश्चिमाञ्चलबाट अमरराज नहर्की (तनहुँ) र गगनशिला खड्का (गुल्मी), मध्यपश्चिमबाट जनक केसी (जाजरकोट) र धनवीर दाहाल (रुकुम), सुदुरपश्चिमबाट टेकराज भण्डारी (अछाम) र हर्कबहादुर विक (कैलाली) ले शिक्षा लेखन वृति प्राप्त गरेका छन् । लेखनवृतिको राही १५ हजारको रहेको छ । 

त्यसैगरी ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार अन्तर्गत विभिन्न रेडियो र टेलिभिजनले प्राप्त गरेका छन् । जसअनुसार पुर्वाञ्चलबाट त्रियुगा एफएम (उदयपुर) मध्यमाञ्चलबाट जनकपुर एफएम (जनकपुर), उपत्यकाबाट नेपाल एफएम (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो अन्नपूर्ण (कास्की), मध्यपश्चिमाञ्चलबाट रेडियो कर्णाली आवाज (जुम्ला) र सुदूरपश्चिमबाट संयुक्त रुपमा रेडियो रामारोशन (अछाम) र सनसेर एफएम (बैतडी) लाई संस्थागत शिक्षा पुरस्कार प्रदान गरिएको छ । संस्थागत पुरस्कारको राशी २० हजारको रहेको छ । नेपाल पत्रकार महासंघका क्षेत्रीय संयोजक र सहसंयोजक रहेको समितिले रेडियोहरुले संस्थागत पुरस्कार प्राप्त गरेका हुन् । 

त्यसैगरी राष्टिय स्तरका छापा र टेलिभिजन अन्तर्गतको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ । ४० हजार राशीको ‘यो पुरस्कार छापामा राजधानी दैनिकले पाएको छ भने टेलिभिजनतर्फ प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनले प्राप्त गरेको छ । 

Loading...