पेट्रोलियम पदार्थमा कालोबजारी गर्नेलाई जनकारवाही गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

बुटवल । 

नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने पेट्रोल पम्प सञ्चालनहरुलाई कारवाही गर्ने जनाएको छ ।

अवध स्वायत्त प्रदेश अन्तरगत कपिलवस्तु जनपरिषदले मंगलबार एक विज्ञप्ति जारी गरेर पेट्रोलियम व्यवसायीहरुले योजनावद्धरुपमा नाफा र कमिशन थुपार्ने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्दै जनाउँदै जनकारवाही गर्ने चेतावनी दिएको बताएको छ । जनपरिषद्ले कमिसन खाएर रातारात करोडपति बन्ने सपना देखेर जनतालाई दुःख कार्य रोक्न चेतावनी दिएको छ । उसले व्यवसायीले गलत कार्य तत्काल नरोके जनकारवाही गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

“कपिलवस्तु जिल्लामा यहाँका दलाल व्यक्तिहरुको मिलेमतोमा जसरी पेट्रोल पम्पहरुमा कृत्रिमरुपमा पेट्रोलियम पदार्थको अभाव बनाई आम नागरिकलाई दुःख दिने काम गरिरहेका छन् । यस्तोखाले हर्कतप्रति कपिलवस्तु जनपरिषद्को गम्भीर ध्यानाकर्षण भएको छ । जसले गर्दा यहाँका आयल निगमसँग तथा सम्बन्धित सम्पूर्णमा तुरुन्तै यो कार्य बन्द गर्न अनुरोध गर्दछौं । अन्यथा, जनपरिषद् कपिलवस्तु कारवाही गर्न बाध्य हुनेछ” प्रमुख शंखप्रसादले जारी गरेको विज्ञप्तिमा उल्लेछ ।

स्थानीय निकायमा असारे बजेट सक्न जथाभावी बजेट खर्चेर ठेकदार र कर्मचारीको मिलिजुलीमा अनियमितता बढाउँदै जनपरिषद्ले ध्यानाकर्षण भएको समेत बताएको छ । को प्रति समेत जनपरिषको ध्यानाकर्षण भएको परिषदको कपिलवस्तु प्रमुखले बताएका छन । साथै जनताको दैनिक उपभोग्य समानमा बढेको महङ्गि तत्काल रोक्न सरकार सग माग गरिएको छ । कथित बाम सरकारले जनताको ढाड सेक्ने गरि महङ्गि बढाएको भन्दै परिषदले महङ्गि रोक्न सरकार सग माग समेत गरेको छ ।

२०७५ असार १३ मा प्रकाशित ।

Loading...