मेलम्ची खानेपानी साउन मसान्तसम्म आउँछ : मन्त्रालय

काठमाडौं ।

खानेपानी मन्त्रालयले आगामी साउन मसान्तसम्म मेलम्ची खानेपानी काठमाडौं ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ ।

मन्त्रालयले आयोजनाको प्रगतिबारे जानकारी गराउन शुक्रबार गरेको पत्रकार सम्मेलनमा आयोजना निर्माणमा कुनैपनि प्रकारको बहाना स्वीकार्य नरहेको जनाएको छ । मन्त्रालय कुनैपनि शर्तमा कार्ययोजना र तालिकालाई परिवर्तन गर्ने पक्षमा नरहेको स्पस्ट पारेको छ ।

यस्तै, मन्त्रालयले आयोजना ठेकेदारबाट कार्यप्रगतिलाई द्रुतगतिमा तोकिएको कार्यतालिकाअनुसार काम गर्न ठेकेदार कम्पनीको उच्च व्यवस्थापनलाई नेपाल बोलाएर गम्भीर ढंगले छलफल गर्ने पनि जनाएको छ ।

ठेकेदार पक्ष गम्भीर भएर काम अगाडि नबढाए जस्तो कदम चाल्न पनि मन्त्रालय बाध्य हुने मन्त्रालयले प्रस्ट पारेको छ ।

आयोजना निर्माण कम्पनी सीएमसीले मे महिनामा ६ किलोमिटर टनेल फिनिसिङ गर्नुपर्नेमा १ किलोमिटरमात्र फिनिसिङ गरी काममा ढिलाइ गरेको मन्त्रालयले जनाएको छ ।

Loading...