काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । त्यस्तै काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ । सोमबारको आन्दोलनमा १९ […]
यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको […]
बालकोटमा गोली चल्यो, २ जना घाइते, नयाँ बानेश्वरमा आज पनि अश्रुग्याँस प्रहार
काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । यस्तै नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ । स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो । […]
रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् । अब आफू प्रदर्शनमा रहने उनको भनाइ छ । ‘म अब सडकमा उत्रेर […]
सम्पादकीय : “रगतले लेखिएको प्रश्न”
२३ भदौमा सरकारले कलङ्कको टीका लगायो । आफ्नै कलिला मस्तिष्कले मागेका जायज मागहरू सम्बोधन गर्ने साहस देखाउनुको सट्टा उनीहरूको प्रदर्शनमा कायरतापूर्वक दमनको ताण्डव मच्चायो । १९ भर्भराउदा जीवनहरूको अन्त्यसँगै १९ परिवारको संसार भत्कियो, बुढेसकालका सयौं सहारा अस्पतालमा आफैं सहारा खोजिरहेका छन् । मृतक र घाइते युवाहरूका आमाबुवा र आफन्तको आँखाबाट अनन्त आँसु बगिरहेको छ । […]
जनकपुरस्थित एमाले नेता रघुवीर महासेठको घर र मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् । जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् । यस्तै जनकपुरधामस्थित मधेश प्रदेशको […]
सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी, मुख्यमन्त्रीको गाडी तोडफोड
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुन: देशभर प्रदर्शन चर्किएको छ । अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् । उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरू […]
सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्कियो, नेताका घर र सरकारी कार्यालयमा निशाना
काठमाडौं । सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् । मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको […]
प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सुरु, रास्वपा छैन सहभागी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आह्वानमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। बैठक अहिले बिहान ८ बजेबाट सुरू भएको हो। जेन–जीको सोमबारको आन्दोलनमा सरकारले दमन गर्दै १९ जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले बैठक आह्वान गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने उक्त बैठकमा सहभागी छैन । ‘आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो […]
जेनजीमा दमनपछि अनेरास्ववियुकी बिदेश बिभाग प्रमुखले छोडिन् एमाले
काठमाडौं । अनेरास्ववियुकी विदेश विभाग प्रमुख स्मृति बरालले नेकपा एमाले र त्यसका जनवर्गीय संगठनसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले विद्यार्थी आन्दोलन आफ्नो पहिचान भए पनि अब कुनै दलको झण्डामुनि होइन, देशको झण्डामुनि मात्र निरन्तरता दिने बताइन्। उनले भनिन्, “विद्यार्थी आन्दोलन मेरो आन्दोलन हो, मेरो पहिचान […]











