प्रधानमन्त्री ओलीमाथि बालेनको कडा टिप्पणी

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् । आज देशभर चलेको आन्दोलन र त्यसविरुद्ध सरकारले गरेको दमनप्रति असहमति जनाउँदै उनले ओलीमाथि तीव्र आक्रोश पोखेका हुन् । साहले आफ्नो स्टाटसमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको […]

सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैन – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टी निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । ‘जे क्षति भयो, […]

सकियो मन्त्रिपरिषद बैठक, सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीद्वारा अस्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी गरिएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने सुझाव राखेका थिए। उनले विशेषगरी जेनजेड पुस्ताको आन्दोलन चर्किरहेको अवस्थामा संचारको माध्यम नै बन्द गर्नु गलत सन्देश जाने भन्दै प्रतिबन्ध फुकुवा गर्नुपर्ने तर्क गरेका […]

नारावाजी गरेको भन्दै ट्रमा सेन्टरमा घाइते र मृतकका आफन्तमाथि प्रहरीद्वारा लाठीचार्ज

काठमाडौँ । जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सेन्टरमा घाइते र मृतकका आफन्तहरूको भीड लागेको छ । उनीहरूले सेन्टरबाहिर नै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।  देशमा बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेपछि […]

आजकै क्याबिनेटबाट सामाजिक सञ्जाल खोलेको निर्णय गर्नू भन्दै प्रधानमन्त्रीलाई देउवाको फोन

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुन: सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेको हो। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिनुपर्ने निर्णय कांग्रेसले गरेको छ […]

(अपडेट) जेनजी प्रदर्शनमा देशभर १९ जनाको मृत्यु, ३४७ घाइते

काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण […]

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै बल्ल बोल्यो मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रूपमा समयमै सम्बाेधन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । साथै प्रदर्शनका क्रममा मृत्यु भएको परिवारलाई तत्काल […]

सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, पदाधिकारी बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १८ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् । केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा […]

जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, २५६ जना घाइते

काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक […]

इटहरी उपमहानगरकाे कार्यालयमा जेनजीले लगाइदिए आगो

विराटनगर । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् । सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाकाे मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् । आगो नियन्त्रणमा आउन नसकेको […]