अन्तरिम सरकार गठनबारे आज बिहान ९ बजे पुनः छलफल हुँदै, रातभर के भयो ?

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । […]

पूर्वराजा सत्तामा आउने हल्ला निराधार, पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिकाले सामाजिक सञ्जालमार्फत आज राति ठूलो निर्णय आउने संकेत गरेपछि जनमानसमा तरङ्ग पैदा भएको छ। कतिपयले नेपाली सेनाले पूर्वराजालाई नै सत्तामा फर्काउन सक्ने अड्कलबाजी गरेका छन्। नेपाली सेनाले वार्ताको नाममा जेनजीलाई गलाउने र राजनीतिक दलहरुको पनि नाडी छाम्ने काम गरिरहेकै बेला पूर्वराजाको सक्रियताले आशंका उब्जिएको हो । तर, सैनिक […]

काठमाडौँ उपत्यकामा शुक्रवार पनि कर्फ्यू

nepali sena

काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा र कर्फ्यूको अवधि थप गरेको छ। सोअनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने सेनाले जनाएको छ। यस अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, शववाहन, […]

संविधान भित्रैबाट निकास निकाल्न प्रयासरत राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान परिस्थितिमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको संरक्षणका लागि सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार जारी गरेको अपिलपत्रमा संविधानको दायराभित्र रहेर मुलुकलाई निकास दिन सकिने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छिटो सम्भाव्य समाधान खोज्नुपर्नेमा […]

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता […]

संवैधानिक प्रक्रियाबाट निकास निकाल्न पापडको सुझाव

काठमाडौं । पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो । पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ । […]

संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प […]

रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु

रामेछाप । जिल्ला कारागार रामेछापमा कैदीबन्दी र सुरक्षाकर्मीबीच भएको झडपमा तीनजना बन्दीको मृत्यु भएको छ । आज बिहान कारागार तोडेर भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको बताइएको छ । घटनामा १३ जना घाइते भएको जनाइएको छ । उनीहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । ग्यास सिलिण्डर पड्काएर विस्फोट गराउने प्रयास सुरक्षाकर्मीले थाहा […]

जेनजी आन्दोलन अग्रगमनको अवसर, प्रतिगमन अस्वीकार्य : प्रचण्ड

Prachanda

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले हालै भएको जेन–जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, उनले आन्दोलनका क्रममा भएका हत्या र हिंसात्मक घटनाको उच्चस्तरीय छानबिन हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार प्रेषित विज्ञप्तिमा प्रचण्डले आन्दोलनमा सहादत प्राप्त युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको […]

बिडिए टेक्सास समितिको तेस्रो अधिवेशन सम्पन्न

गत शनिवारका दिन भब्य समारोह विच बिडिए टेक्सास च्याप्टरले यस्को तेस्रो अधिवेशन सम्पन्न गरेको छ। डलास फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको रमाईलो ईभेन्ट सेन्टरमा सम्पन्न कार्यक्रमले सन्तोस कार्किको नेत्रित्वमा आगामी कार्यकाल 2025-2027का लागि नयाँ कार्यसमिति समेत निर्वाचन गरेको थियो। शनिवार साँझ पाँचबजे सुरु गरिएको उक्त समारोहमा ब्लड डोनर्स अफ अमेरिकालाई सहयोग र साथ दिने स्थानिय सगं संस्था, […]