अब अन्याय हुँदैन भन्ने आशा बोकेर जन्मदिनको दिन जेल फर्कंदैछु : रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् । आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुन: कारागार पठाउन लागेको जिकिर गरेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटससहित एक भिडियो सन्देश जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् । […]

१० बूँदे मागसहित हेम- सरिता पाठक फाउन्डेसनको भेला सम्पन्न

भ्रष्टाचारविरुद्धको अभियानमा दशकौँदेखि लागिपरिरहेको हेमसरिता पाठक फाउण्डेसनले नयाँ पुस्ता “जेन जी”ले मुलुकमा व्याप्त चरम भ्रष्टाचार, बेथिति, अनियमितता र परिवारवादका विरुद्ध गरेको आन्दोलनको परिणाम अन्तरिम सरकारको निर्माण र संसद विघटन गरिएकोमा स्वागत गरेको छ ।   सोही भेलाले “जेन जी”को आन्दोलनमा सहादत हुने आन्दोलनकारीहरुप्रति सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि पनि व्यक्त गरेको छ ।  गीत, कविता, […]

अनेरास्ववियु अध्यक्षबाट राजीनामा दिएका डा. कडरिया कार्यालय फर्कन खोजेपछि कार्यकर्ताले जलाए नेमप्लेट

काठमाडौँ । संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका छन्। अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार उनको फोटोसमेत तोडफोड गरेका छन्। जेन–जीको प्रदर्शनका चर्कंदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४ गते राजीनामा दिएका थिए। भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको गोली लागि २४ जना युवा–विद्यार्थीको […]

सिंहदरबारभित्र सफाइ र क्षतिको विवरण संकलन सुरु

काठमाडौँ । हालै भएको ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु गरिएको छ। शनिबार कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा लागेका छन् भने महत्वपूर्ण फाइल र सामानहरू सुरक्षित गर्ने काम पनि थालिएको छ। आन्दोलनका कारण सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका परिसरमा रहेका सवारीसाधनहरू समेत ध्वस्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई सन्देश

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना सन्देश दिएकी छन् । संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ । ‘यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली […]

मध्यरातमा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं । मध्यरातमा प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन् । जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेकी कार्कीको प्रतिनिधिसभाको विघटन गर्न सिफारिस गरेकी हुन् । त्यसैगरी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तोकिएको छ ।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति […]

आक्रमण र दुर्ब्यवहारप्रति भक्तपुरका पत्रकार संगठनहरुको ध्यानाकर्षण

भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति जिल्लामा क्रियाशील पत्रकारहरुका संघसंगठनले आपत्ति जनाएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आपत्ति जनाएका हुन् । आन्दोलनकारीले गत मंगलबार सूर्यविनायकमा भिडियो खिचिरहेका भादगाउँ टेलिभिजनका पत्रकार तुल्सिकुमार त्वयनालाई भौतिक आक्रमण गरेका र बुधबार रिपोर्टिङका क्रममा नेपाली सेनाले नागरिक […]

संसद् विघटन प्रति माओवादी केन्द्रको गम्भीर असहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मुलुकको वर्तमान परिस्थितिमा संसद् विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी)को बैठकले वर्तमान परिस्थितिको समीक्षा गर्दै मुलुकको संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन गरिएको ठहर गरेको छ। प्रवक्ता समेत रहेका पार्टीका उपाध्यक्ष अग्नि सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “संसद् […]

परिवर्तनको लागि युवाहरु गर्छन् नयाँ सृष्टि

Youth

गुट–उपगुटले ध्वस्त बनाउन लागेथ्यो नेपाल, कुशासन र भ्रष्टाचार रोक्न युवाले उठायो सवाल । शासनसत्ता चलाउनेहरू सधैं भए बिदेशी बफादार, बल्ल बन्यो स्वदेशी सरकार देशभक्त र इमानदार ।। भ्रष्टाचार विरुद्ध हतियारविहीन त्यो युद्ध, आज अवस्था परिवर्तनमा जन्मिएका छन् बुद्ध । युवा हुनु आवश्यक छ र बारम्बारको पुष्टि? परिवर्तनको लागि युगर्छन् नयाँ सृष्टि ।। सिंहदरबार, संसद भवन, […]

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, राष्ट्रपतिले भने– देश बचाउनुस्

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो […]