इनरुवा, ४ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपुर्ण हुने बताएका छन् । सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने दाबी गरे । “निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र […]
Tag: एमाले
रघुजी पन्त शिक्षा मन्त्री नियुक्त
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई जिम्मेवारी दिएका छन् । प्रतिनिधि सभा सदस्य रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तलाई उनले सो जिम्मेवारी सुम्पिएका हुन् । ललितपुरका नेता पन्त समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका हुन् । रास्ट्रपति कार्यालयले पन्त शिक्षा मन्त्री हुने पुष्टि गरेको छ । […]
आफूबिनाको एमाले कल्पना नगर्न अध्यक्ष ओलीको चेतावनी, अझै २५ वर्ष बुढो नहुने उद्घोष
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा नहुने चेतावनी दिएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले सो चेतावनी दिएका हुन् । आफ्नो उमेर र स्वास्थ्य अवस्थालाई लिएर कसैले चिन्ता गर्नु नपर्ने कटाक्ष गर्दै […]
नयाँ वर्षमा बसेको एमाले सचिवालय बैठक प्रचण्ड र ज्ञानेन्द्रकै वरिपरि
काठमाडौं । नेकपा एमाले पुर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रामक देखिएको छ। भर्खरै सम्पन्न सचिवालयको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रकै वरिपरि घुमेको थियो । उनीहरूको अभिव्यक्तिले दिने राजनीतिक संकेतप्रति बैठकले गहिरो बिश्लेषण समेत गरेको बताइएको छ । पूर्व राजा शाहले ‘नेपाली जनतामा जागरण […]
झापाको एमाले सभामा १२ लाख ६५ हजार खर्च, सरकारबाट एक रुपैयाँ नलिएको जानकारी
झापा । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ […]
गायिका एवं एमाले नेतृ वलीलाई मातृशोक
पूर्व सञ्चारकर्मी एवं गायिका समेत रहेकी राष्ट्रिय सभाको पूर्व सदस्य तथा नेकपा एमालेकी नेतृ कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको हो । दीपा लामो समयदेखि हड्डीमा क्याल्सियमको कमी हुने रोगबाट ग्रसित थिइन् । ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको […]
नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान
काठमाडौं ,६ साउन । नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा […]
केपी ओली र माधव नेपालबीच बाझाबाझ, प्रचण्डले नेपाललाई साथ दिएपछि ओली अल्पमतमा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमालेका दुई शीर्ष नेताहरुको विवाद पुनः चर्किएको छ । दुई अध्यक्ष रहेको पार्टीका एक अध्यक्ष केपी शर्मा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद पुनः सुरु भएको हो । ओली र नेपालबीचको विवाद चुलिएपछि पार्टीको सचिवालयको पछिल्लो बैठक नै अवरुद्ध भएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन […]
एकै ठाउँको भवन शिलन्यास गर्न केन्द्रबाट दर्जन मन्त्रीको लर्को
बारा, २१ बैशाख । वर्तमान सरकारका एक दर्जन मन्त्रीहरु एकैसाथ एकै ठाउँमा भवन शिलन्यास गर्ने कार्यक्रममा पुगेका छन् । गत चैत १७ आएको हावाहुरी प्रभावितहरुका लागि भवन निर्माणको शिलान्यास गर्न १० जना संघीय सरकारका मन्त्री बारा पुगेका हुन् । बारा र पर्साका बिभिन्न स्थानमा एकैपटक शिल्यान्यास गरेर घर निर्माण कार्यको थालनी गरिएको छ । नेपाली […]
सरकारी जग्गा हडपेर छानविनमा रहेका गुरुङलाइ गृहमन्त्री बादलले गरे ‘सुप्रबल जनसेवाश्री सम्मान’ सिफारिस
काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट सुशोभित हुने भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री–तृतीय’ पदकबाट सुशोभित हुने छन्। यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन्। गुरुङसहित […]