वीरगञ्जको क्यासिनोमा अर्थमन्त्रीको आँखा

वीरगञ्ज । पर्सा र बारा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको आशंकामा अनुसन्धान गर्न निर्देशन दिइएको छ । अर्थमन्त्री रामेश्वर खनालले बारा र पर्सा जिल्लाका विभिन्न होटलहरूमा सञ्चालित क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको गुनासो पछि राजस्व अनुसन्धान विभागलाई लिखित रूपमै अनुसन्धानका लागि निर्देशन दिएका हुन् । अर्थमन्त्रालय स्रोतका अनुसार पर्सा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले सम्पत्ति […]

तीन महिनामा वीरगञ्जबाट ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

Birgunj

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु. आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा […]

वीरगञ्जमा बुवा–छोरा मृत फेला

पर्सा । वीरगञ्जस्थित नयाँ बसपार्क नजिकै भानुचोकमा रहेको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा बाबुछोरा मृत अवस्थामा फेला परेका छन् । भारतका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन् । असोज १९ गतेदेखि होटलमा बस्दै आएका उनीहरू मंगलबार साँझसम्म पनि बाहिर नआएपछि होटलका कर्मचारीले प्रहरीलाई […]

नसुध्रेका सुधार गृहका चौकीदार, छुट्नासाथ पुनः पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुधार गृह पर्सामा कार्यरत चौकीदार प्रमानन्द गुप्तालाई ठगी तथा दुरुपयोग आरोपमा पक्राउ गरेको छ।  गुप्ताले बाल सुधार गृहमा रहेका १० जना बाल बिषयगत (किशोर कैदी) हरूसँग लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । गुप्ताले १० जना बालकैदीसँग नगद तथा ईसेवा मार्फत १० लाख ३४ हजार ३ सय […]

वीरगञ्जमा सुरक्षित गर्भपतनका लागि ‘युवा पहुँच परियोजना’

वीरगञ्ज । वीरगञ्जमा किशोर तथा युवामाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारी विस्तार गर्ने उद्देश्यले ‘युवा पहुँच परियोजना’ सञ्चालनमा आएको छ। विशेषगरी १५ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरी र युवालाई लक्षित गर्दै यो परियोजना विद्यालय, कलेज र समुदायस्तरमा सक्रिय रूपमा काम गरिरहेको छ। परियोजनाले सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम र उपलब्ध निःशुल्क सेवाबारे […]

रवि लामिछाने विरुद्ध वीरगन्जमा पनि मुद्दा दर्ता

पर्सा, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीका अनुसार १ […]

अपहरणगरी फिरौती माग्ने पक्राउ

पर्सा । अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका-३ का २४ वर्षीय सिकेन्द्र साह र अर्का नाबालक रहेका छन्।  बारा कलैया उपमहानगरपालिका-१८ का २६ वर्षीय सुधीरप्रसाद साहलाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको […]

वीरगञ्जको छपकैया क्षेत्र अशान्त

पर्सा । हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप हुँदा  केही पसल र मोटरसाइकलमा आगजनी भएको छ ।  हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो ।  झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। दुई धार्मिक समुदायका बिचमा यो झडप भएको प्रारम्भिक […]

गौतमको नेतृत्वमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ

पर्सा । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्वाचित भएका छन् । सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट गौतमको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास र महासचिवमा शिवजीप्रसाद कलवार निर्वाचित भए । त्यस्तै सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान,कोषाध्यक्षमा अनोज रुङ्गटा, सहकोषाध्यक्षमा निरज अग्रवाल र […]

सरकारमा हुँदा वा नहुँदा पनि माओवादीले जनताको काम गर्छ, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड

पर्सा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साको पत्रकार सम्मेलनमा आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा नरहेको स्पष्ट पारेका हुन् । सरकारमा हुँदा एक कुरा र सरकार […]