१८ बर्षदेखि लाउडा काण्डको पौने २ अर्ब बेरुजु अझै सल्टिएन

काठमाडाै‌‌ । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध पनि भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो […]