पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरा बिरामी भएकाले अस्पताल भर्ना भएका हुन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता […]

महरालाई जेल पठाउने आदेश दिनुअघि इजलासमा उभिएकी रोशनीलाई सरकारी वकिलले बोल्न दिएनन

काठमाडौं, १८ कार्तिक । साेमवार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल पठाउने अादेश दिनुअघि इजलासमा केही बाेल्न उठेकी पीडित राेशनी शाहीलाई सरकाी वकिलले बाेल्नै दिएनन् । महरामाथि सुरुकाे दिन बलात्कार प्रयासकाे अाराेप लगाएकी शाही त्यसपछि भने निरन्तर महरामाथि लगाइएको अाराेप सहि नभएको भन्दै खण्डन गर्दै अाएकी छन । उनले प्रहरीमा उनका तर्फबाट दिइएको उजुरी […]

महराले गल्ती गरेको ठहर गर्दै जेलमा राख्न अदालतको आदेश

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  जिल्ला अदालत काठमाडौंँमा दुबै पक्षका वकीलको बहस सुनेपछि न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको हाे । महराको मुद्दामा आइतबार र सोमबार गरी दुई दिनसम्म थुनछेक बहस चलेको थियो ।  बिहीबार दर्ता भएको महराविरुद्धको मुद्दामा […]

महराको पक्षमा २०, विपक्षमा चार जना वकिल, यी हुन पक्ष र विपक्षमा बहस गर्ने वकिल

काठमाडौँ । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् । महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका […]

निवर्तमान सभामुख महराको चर्चित बयान (जस्ताको तस्तै)

२०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६(३०) २०७६/७७, बसेकी हुँदा निज (पीडित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ । उनको विवाहमा समेत मैले अभिभावकको भूमिका निभाएको थिएँ । २०४८ […]

महरामाथि प्रहरीका आरोपै आरोप, अनुसन्धानबाट भेटायो यस्तासम्म कुरा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अनुसन्धानका लागि म्याद थप गराउँदै आएको प्रहरीले बिहीबार अनुसन्धानको पूरा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीको प्रतिवेदन पाएपछि सरकारी वकिलको कार्यालयले बिहीबार नै महराविरुद्ध कडा सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । प्रहरीले महराका विरुद्ध तयार पारेको […]

महराले भने, म नेकपाको साधारण सदस्य समेत होइन, पार्टीको निर्देशन किन मान्ने?

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, […]

प्रहरीले समेत आफूलाई करकापमा पारेको भन्दै महरामाथि आरोप लगाउने रोशनीले अदालतमा दिइन अर्को निवेदन

काठमाडौं, ३ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीले आफूलाई प्रहरीले समेत करकापमा पारेको बताएकी छन । रोशनीले यस्तो दावी अदालतमै गरेर लिखित रुपमै गरेकी हुन । आइतबार अदालतमा उपस्थित भएर उनले एक लिखित पत्र समेत दर्ता गरेकी छन । काठमाडौं जिल्ला अदालतको इजलासमा उनले आफूलाई प्रहरीले करकाप गरेर जाहेरी […]

महरालाई एकैचोटी १३ दिन म्याद थपियो

काठमाडौं । बलात्कारको प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । काठमाडौंका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले यस्तो आदेश दिएको हो । यसअघि उनकै आदेशबाट प्रहरीले महरालाइ पक्राउ गरेको थियो । प्रहरीले महरालाइ असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो । […]

महरालाई प्रहरीले अस्पतालबाटै लग्यो अदालतमा, अझै थुनामै राख्नुपर्ने प्रहरीको माग

काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई प्रहरीले नर्भिक अस्पतालबाट अदालतमा हाजिर गराएको हो । पक्राउ परे पनि उनको स्वास्थ्य अवस्था बिग्रिएका कारण अस्पताल भर्ना गरिएको थियो । प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धानका […]