बागलुङको निसीखोला बस दुर्घटना ७ जनाको निधन

बागलुङ । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनाा ७ जनाको ज्यान गएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।  निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो।  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। […]

स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो

बाग्लुङ्ग । बाग्लुङ्गको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय) लाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ । आइतबार कार्यालय समयमा केसीलाई कालोमोसो दलिएको हो । म्याद गुज्रेको औषधि खुवाएर बडिगाड बासीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको उक्त पार्टीका जिल्ला इन्चार्ज अजनवीले बताएका छन् । बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य […]

दसै तिहारको बीचमा मात्र सात हजारले अवलोकन गरेको अचम्मको झरना

बागलुङ, २ मङ्सिर । यसपालि दशैँ–तिहारमा सात हजार बढी आन्तरिक पर्यटकले गाईघाट झरना घुमे । चाडबाड र बिदाका बेला झरनामा बढी चहलपहल हुन्छ । गत आर्थिक वर्षमा झण्डै २० हजारले झरनाको अवलोकन गरेका थिए । ताराखोला गाउँपालिका–१ स्थित झरनामा वर्षको शुरुदेखि नै पर्यटक बढेका छन् । साउनयता १५ हजार बढीले झरना घुमेको व्यवस्थापनले जनाएको छ […]

तिहारे मेलामा परम्पराको झल्को

बागलुङ, १० कात्तिक । एकापट्टि चर्खे, आडैमा लिङ्गे पिङ थियो । कोही मच्चिरहेका थिए भने कतिपय मच्चाइरहेका थिए । बीचमा सोरठी गुञ्जिरहेको थियो । पञ्चेबाजाको उस्तै ताल थियो । तिहारे मेलामा सर्वसाधारण रमाइरहेका थिए । गलकोट नगरपालिका–७ मल्ममा आयोजित तिहारेमेलाले परम्पराको झल्को दिन्थ्यो । भाइमाला उन्ने, मौलिक नृत्य, रस्साकस्सी, भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकीलगायत मेलाका आकर्षण […]

भ्रमण वर्ष सघाउन मोटरसाइकल यात्रा

गलकोट, १० कात्तिक । नेपालीले आफ्नो गाउँ–ठाउँ चिन्दैन बरु अन्य देशको भ्रमण गर्न रुचाउँछन् भन्ने गुनासोको बीच बागलुङमा आफ्नै स्थानलाई महत्व दिनका लागि यसपटक प्रयास भएको छ । आफ्नो गाउँ सबैलाई चिनाउने गरी बागलुङमा ‘पहिला गृह जिल्ला, अनि चार किल्ला’ भन्ने नाराका साथ पर्यटन प्रवद्र्धनका निमित्त शनिबार बागलुङस्थित कालिका मन्दिरदेखि गाजाको दहसम्म मोटरसाइकल यात्रा गरिएको […]

पर्यटकीयस्थल बन्दै बागलुङको सहस्रधारा

बागलुङ, २७ असोज । दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जङ्गलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो । गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजोआज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास […]

विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

भक्तपुर, २५ असोज । यहाँ आयोजित ५८ औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट गुथिले भक्तपुरको सूर्यविनायकमा दुईदिन सञ्चालन गरेको सो सम्मेलनमा विराट गुथीका सल्लाहकार कवि योगेन्द्र प्रधानले विराट भाषा साहित्य सम्मेलनले भाषिक तथा साहित्यक योगदान दिँदै धेरै साहित्यकार जन्माएको बताए । विराट गुथी कुनै राजनीतिक पार्टीको संस्था नभएकाले नेपाल भाषाको […]

मुस्ताङ जाने पर्यटकका लागि बागलुङ आकर्षक गन्तव्य

गलकोट, ९ असोज । मुक्तिनाथ जाने पर्यटकले बागलुङका होटलहरू भरिभराउ हुन थालेका छन् । भदौको अन्तिम सातादेखि नै यहाँका होटलमा पर्यटकको चाप बढ्न सुरु भएको हो । विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलहरुले आकर्षित गर्न थालेपछि यहाँका होटलहरू भरिभराउ हुन थालेका छन् । जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका […]

बागलुङका सडक मानवरहित बनाउने महाअभियान सुरु

बागलुङ, २० साउन । बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा हातेमालो गरेका छन् । जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने मानवसेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले बताए । “आउँदो वर्षभित्र बागलुङलाई सडक मानवरहित बनाउने लक्ष्य छ”, उनले भने, “बेसहारा बनी […]

उत्तरगङ्गाले बगाउँदा १ को मृत्यु, एक बेपत्ता

गलकोट, ९ साउन । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका भएर बग्ने उत्तरगङ्गा नदीले बगाउँदा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुधबार दिउँसो ३ बजेको समयमा ढोरपाटन नगरपालिका–९ बस्ने नरबहादुर विक र सोही स्थानकै वर्ष २२ का सेते विक स्यालपाखेबाट नविगाउँ जान नदी तर्ने क्रममा उत्तरगङ्गाले दुवैलाई बगाएको […]