बर्दिवास, २ साउन । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । […]
Tag: वर्षा
दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा
काठमाडाैं । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ […]
बाढीले कारागार नै डुब्यो, जेलका बन्दीहरुको विचल्ली
महाेत्तरी, ३० असार । हप्तादिनदेखिको जारी वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीबन्दीको बिचल्ली भएको छ । लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीबन्दी खाना समेत राम्ररी पकाएर खान पाएका छैनन् । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि […]
बाढी र पहिरोले ४८ को मृत्यु ३५ वेपत्ता २५ घाइते
काठमाडौं, २९ असार । केही दिनदेखि परेकाे अविरल वर्षापछि अाएकाे बाढी र पहिराेमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा २७ जना पुरुष रहेकाे र २१ जना महिला रहेकाे बताइएकाे छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)ले बाढी र पहिरोमा परेर देशभर ४८ जनाकाे मृत्यु र ३५ […]
खतरा बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
सुनसरी, २९ असार । पानीकाे वहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । लगातारको अविरल वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सप्तकोशीमा पानीको बहाव उच्च भएकाे छ । वहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हाे । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले ब्यारेजका ५६ वटै ढाेका खाेलिएपछि अहिले नदीमा पानीको सतह […]
पाल्पावासीलाई हजारको नोट बुझाएर खोला वारपार गर्नुपर्ने बाध्यता
बेझाङ, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । […]
रौतहट डुवाउने भारतीय बाँध बाढीले आफै भत्कायो, नेपाली भूभागमा पानी घट्दै भारतीय वस्तीहरुमा आतङ्क सुरु
रौतहट, २८ असार । भारतको बैरगनीया र गौर जोड्ने सीमामा रहेको बाँध बाढीले आफै भत्काएको छ । बाढीले बाँध भत्काएपछि अहिले सदरमुकाम गौरसहित जिल्लाका अन्य ठाउँमा जमेको पानीको सतह घटन थालेको छ । सदरमुकाम गाैरदेखि तीन किलोमीटर पूर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक भारतले एकतर्फी बनाएको बाँध पानीको बेगले आफै […]
भारतीय बाँधका कारण रौतहट पूरै डुबानमा, प्रहरी आफै उद्धारको पर्खाइमा
रौतहट, २८ असार । भारको बैरगनीया र रौतहटको गौरबीच रहेको रहेको बाँधका कारण रौतहट पूरै डुवानमा परेको छ । भारतले बनाएको उक्त बाँधका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती पूरै डुवानमा परेका हुन् । भारतीय पक्षले बाँधका पानी थुन्ने ढोका खोल्नुको सट्टा अझै बाँधको सुरक्षामा लागेपछि भारतप्रति सामाजिक सञ्जालमा ठूलो आक्रोश […]
कालिगण्डकीले सडक कटान गरेपछि बेनी–जोमसोममा आवागमन बन्द
पाेखरा, २७ असार । कालीगण्डकी नदीको बाढीले सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करीब १० मिटर सडक कटान गरेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएको हो। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडक अवरुद्ध हुँदा बेनी र जोमसोमका लागि गुडेका सवारीसाधन बीच बाटोमै […]
चीनमा ५० वर्ष यताकै ठूलो वर्षा, २ करोड मानिस प्रभावित
एजेन्सी । नेपालमा अविरल वर्षापछि अाएकाे बाढी र पहिराेले वितण्डा मच्चाइरहँदा चीनमा पनि बाढीले ठूलाे असर गरेकाे छ । चीनमा ५० वर्षयताकै भारी वर्षा भएकाे र वर्षासँगैको बाढी र पहिरोमा परी पूर्वी तथा दक्षिणी चीनको जनजीवन प्रभावित भएको बताइएकाे छ । दक्षिणी तथा पूर्वी चीनको हुनान, जियाङ्शी लगायतका प्रान्तमा आएको बाढीबाट करिब २ करोड प्रभावित […]