खडेरीमा अक्षरको खेतीका लागि याङ्जाकोटमा साहित्यकारको ताँती

पोखरा, २१ साउन । नेपालकै चेरापुञ्जी उपमा पाएको पोखरा र आसपासमा पानी नपरेर खेतहरू बाँझिएका अवस्थामा पोखरेली साहित्यकारको टोली भने शनिबार पर्यटकीय गाउँ याङ्जाकोटमा अक्षरको खेतीमा तल्लिन देखिन्थ्यो । रवि नपुग्ने ठाउँमा कवि पुग्छन् भने जस्तै उनीहरूले कास्कीको मादी गाउँपालिकास्थित याङजाकोटमा लुकेका प्रकृति र संस्कृतिका यावत् पक्षका साथै जीवन जगतका अनेकौ भोगाइलाई आफ्ना सिर्जनामा उतारे […]