सर्लाहीको नवलपुरमा सवारी दुर्घटना, ट्रक चालकको गयो ज्यान

प्रेमनाथ पौडेल, सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको नवलपुर चौकमा बसले मिनि ट्रकलाई ठक्कर दिंदा गम्भिर घाईते भएका ट्रक चालकको उपचारको क्रममा ज्यान गएको छ । जनकपुरबाट वीरगंज तर्फ आउदै गरेको ना ४ ख ३२४नम्बरको शुभतारा यात्रुबाहक बसले बिपरित दिशा बाट जादै गरेको बा प्र ०३००१ नम्बर को मिनि ट्रकलाई नवलपुर चौकमा बुधवार ठक्कर […]

सबैभन्दा बढी तरकारी उत्पादन हुने सर्लाहीमा नै गोलभेडा किलोको २ सय, खुर्सानीको ४ सय रुपैयाँ

सर्लाही, ६ साउन । सर्लाहीमा हरियो तरकारीको भाउ केही दिन यता आकासिएको छ । केही दिन देखिको अविरल बर्षापछि जिल्लाको अधिकांश तरकारी खेतीका भूभाग डुवानमा पर्दा किसानले खेतमा लगाएको हरियो तरकारीको बिरुवा मर्न थालेपछि तरकारीको भाउ ह्वातै आकासिएको हो । जिल्लामा उत्पादन हुने हरियो तरकारी भाउ ह्वात्तै बढेको छ ,बजारमा तरकारीको माग अनुसारको तरकारी नआउँदा […]

प्राविधिक धारको पढाई उद्घाटन गर्दै मेयर प्रसाइले भने – हरिवनमा कृषि गर्नेले गर्व गर्ने स्थिति बनाउछौं

सर्लाही, ४ साउन । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले समृद्ध हरिवनको सपना कृषि क्रान्तिबाट पूरा हुने प्रष्ट पारेका छन् । कृषि शिक्षाको माद्यमबाट कुसल प्राविधिकको उत्पादन गरी उन्नत तरीकाले खेती गरे कृषिको उत्पादकत्व बढाउन सकिने उनले बताए । हरिवनकै पहिलो तथा एक मात्र नमुना विद्यालयको रुपमा रहेको हरिवन ८ स्थित महादेव जनता नमुना माद्यमिक विद्यालयले […]

सर्लाहीमा करेन्ट लाग्दा गयो मजदुरको ज्यान : खतरायुक्त काम गर्ने मजदुरको सुरक्षा चिन्ता

सर्लाही, ३ साउन । सर्लाहीको हरिवनमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ । हरिवन – ११ स्थित उत्सव ग्रील उद्योगमा काम गर्ने मजदुरको ज्यान गएको हो । ज्यान जानेमा लालबन्दी- १० घर भएका ३६ बर्षिय मनोज भन्ने काजिमान बुढाथोकी रहेको प्रहरीले बताएको छ । ग्रील उद्योगमा शनिवार बिहान काम गर्ने क्रममा करेन्ट लागेर उनको […]

सर्लाहीमा घुस रकमसहित ईन्जिनियर समातिए

सर्लाही, ३ साउन । सर्लाहीको सदरमुकाम मलंगवाबाट विहीवार घुस रकम सहित एक ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । सर्लाही रामनगर गाउँपालिकाका ईन्जिनियर रामजीबाबू यादब घुस रकम सहित रंगेहात पक्राउ परेका हुन् । गाउँपालिकाको बिकाश निर्माणमा विभिन्न उपभोक्ता समितीका पदाधिकारीसंग रकम नलिई काम नगर्ने गरेको उजुरीको आधारमा ईन्जिनियर यादबलाई घुस रकम ५० हजार सहित सदरमुकाम मलंगवाको […]

सर्लाहीमा मोटरसाईकलको ठक्करबाट घाईते बालकको उपचारको क्रममा निधन

सर्लाही, ३० असार । सर्लाहीको हरिवनमा मोटरसाईकलको ठक्करबाट घाईते बालकको उपचारको क्रममा मृत्यु भएको छ । थप उपचारका लागि भरतपुर पुर्याइएका उनको सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा हरिवन-६ घुर्कौली घर भएका लक्ष्मी स्याङ्गतानका १२ बर्षिय छोरा युनिक स्याङ्तान रहेको इलाका प्रहरी कार्यालय हरिवनका बिनोद सुनुवारले बताए । आईतबार अपरान्ह ५ बजेको समयमा सर्लाहीको […]

सर्लाहीमा १६ सय घर डुवानमा १० हजार परिवार बिस्थापित : वागमतीले बाढ्यो राहत

सर्लाही, २८ असार । बुधबारदेखि परेको अविरल वर्षाका कारण सर्लाहीको जनजीवन पनि प्रभावित बनेको छ । वर्षाको कारण जिल्लाको दक्षिणी क्षेत्र बढी मात्रामा प्रभावित बनेको हो । वर्षाको कारण जिल्लामा १ हजार ६ सय भन्दा बढी घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताएका छन । त्यस्तै वर्षाका […]

बालिकाको ज्यान गएपछि ३५ लाखको सामान नाश, सर्पदंश उपचार केन्द्र बन्द

सर्लाही, २४ असार । सर्लाहीको लालबन्दी- १नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सोमबार सर्पले डसेकी बालिकाको उपचारको क्रममै मृत्यु भएपछि तोडफोड भएको छ । केन्द्रको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित भीडले तोडफोड गरेको हो । हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदालाई सोमबार साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा […]

असार जान लाग्दा समेत सर्लाहीमा रोपाई हुन सकेन

सर्लाही, २३ असार । असार महिनाको अन्तिम भैसक्दा पनि सर्लाहीमा रोपाई हुन सकेको छैन । समयमै वर्षा नभएपछि यो वर्ष रोपाई हुन नसकेको हो ।  जिल्लाका उत्तरी क्षेत्रमा आकाशे पानीको भरमा रोपाई गरिन्छ भने दक्षिणी क्षेत्रमा आकासे पानीका साथै नहरको सिचाईबाट रोपाई हुने गर्दछ । यो वर्ष आकाशे पानीको भर परेका किसानहरु पानी नपरेपछि चिन्तित […]

कुमार पौडेलको अन्तिम सस्कारको तयारी, हत्यामा संलग्नहरुको पहिचान भएको परिवारको खुलासा

सर्लाही, ७ असार । नेत्र विक्रम चन्द’ विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला संयोजक कुमार पौडेल को शव परिवारले तीन दिन पछि शनिवार बुझेका छन । बिहीवार प्रहरीको गोली लागि ज्यान गुमाएका पौडेलको शव शनिवार उनका परिवारले जिल्ला अस्पताल मलंगवामा गएर बुझेका हुन् । सदरमुकाम मलंगवाबाट अहिले उनको शव बागमती-२ धरहरास्थित निवासमा ल्याउने काम […]