सरकारका काम सफलतातर्फ उन्मुखः महासचिव पौडेल

बुटवल, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठपर्वको अवसरमा आज रुपन्देहीको मणिग्राममा आयोजना गरेको शुभकामना कार्यक्रममा उनले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षासहित […]

१५ सहकर्मीसहित विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनबाट गर्यो गिरफ्तार

चितवन, २५ भदौ । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवन मेडिकल कलेजबाटै पक्राउ गरिएको हो । चितवन मेडिकल कलेजका विद्यार्थी रहेका चन्दलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । चितवन मेडिकल कलेजले अबैध शुल्क असुलेको भन्दै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेका विप्लव […]

नेकपाको कार्यक्रममा कुटाकुट, आधादर्जन घाइते, फुट्यो नेताको टाउको, प्रभु साह हलबाट निकालिए

बर्दिवास, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच कुटाकुट हुँदा आधादर्जन नेता कार्यकर्ता घाइते भएका छन् । महोत्तरीको बर्दिवासमा राखिएको प्रदेश २ का आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम यस्तो कुटाकुट भएको हो । कुटाकुटका क्रममा एक नेताको टाउको फुटेको छ भने अरुहरुको पनि गम्भीर चोट लागेको बताइएको छ । बर्दिवासस्थित सेवा […]

अब मरिन्छ भन्ने अनुभूति जनयुद्धकालमै भएको पचण्डको खुलासा

काठमाडौं,२३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनले आफूलाई मरिन्छ भन्ने अनुभूति भएको खुलासा गरेका छन् । जनयुद्धकालमै हत्या गरिएका गोरखाका नेता सुरेश वाग्ले बासुको स्मृतिमा सत्तारुढ दलको कार्यालय धुम्वाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रचण्डले सो कुराको खुलासा गरेका हुन् । उनले जनयुद्ध सुरु गर्दा यदि बौद्धिक तागतले मात्र राज्यसँग युद्ध […]

प्रचण्डले भने, ‘एमालेसँग एकता नगरेको भए हुन्थ्यो भन्ने अनुभूति हुन थाल्यो’

काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता नगरेको भए ठीक हुने रहेछ भन्ने अनुभूति हुन थालेको बताएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता प्रक्रिया दुई वर्ष पुग्न लाग्दा पनि पूर्ण रुपमा पूरा नहुनुका साथै विभिन्न ठाउँमा विवाद देखिदै जान […]

इतिहास उल्ट्याउन प्रयास गर्नेलाई फोहरको थुप्रोमा मिल्क्याउने प्रचण्डको चेतावनी

काठमाडौँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । शनिबार काठमाडाैंकाे बुद्धनगरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले अायाेजना गरेकाे उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरण सहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी […]

नेपालमा जनयुद्धबाटै जनवादी क्रान्ति पूरा भएको प्रचण्डको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धबाट राजतन्त्र पराजित भएकाे र नेपालमा जनवादी क्रान्ति पूरा भएकाे बताए । साे क्रममा अध्यक्ष […]