अझै आएन संघीय शिक्षा ऐन, संसदमा पारित गराउन मन्त्रालय पूरै असफल

काठमाडौँ । संघीय संसदबाट अघिल्लो हिउँदे अधिवेशनमा संघीय शिक्षा ऐन जारी गरिसक्नुपर्ने थियो । तर वर्षे अधिवेशनमा समेत पारित गराउन शिक्षा मन्त्रालय असफल भएको छ । विधेयकको मस्यौदासमेत तयार नहुँदै बिहीबारदेखि वर्षे अधिवेशन सकियाे । शिक्षा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयले पहिले नीति टुंगो लगाउनुपर्ने तर्क गर्दै शिक्षा मन्त्रालयमै फिर्ता पठाइदिएको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन ८ महिनादेखि […]

शिक्षकलाई पाँच लाख सहयोग गरिने

काठमाडौं, १९ भदौ । सुनसरीका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो । ‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित छन् । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार […]

देशभरका प्रत्येक जिल्लाबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गरिँदै

काठमाडौं, ७ भदौ । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]

डाक्टरलाई एसएलसी पास प्रावि शिक्षक सरहको तलब, सच्याउन चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले १ साउनदेखि लागू हुने गरी सरकारले कायम गरेको सरकारी कर्मचारीको तलबमानमा तत्काल संशोधन गर्न सरकारसित माग गरेको छ । एनएमएले स्वास्थ्यसेवाका अधिकृतस्तर आठौँ तहका चिकित्सकको तलबमान एसएलसी उत्तीर्ण गरेका प्राथमिक तह प्रथम श्रेणीका शिक्षकसमान नै निर्धारण गरिएकाले चिकित्सकको तलबमान सच्याउन बुधबार विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । प्लस […]

यसरी कमजोर बनाइदैछन सामुदायिक विद्यालय

यसपटकको एसएलसी परीक्षामा सहभागी भएका जम्मा ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थी मध्ये २ लाख ९९ हजार ४ सय ७७ जना विद्यार्थी सामुदायिक विद्यालयका र ९५ हजार हजार ४ सय ५६ जना विद्यार्थी संस्थागत विद्यालयका थिए । त्यसमध्ये सामुदायिकबाट ८९ हजार २१ जना विद्यार्थी उत्तिर्ण भए भने ८४ हजार ४ सय १५ जना […]