विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगायो प्रतिबन्ध

काठमाडौ, २८ फागुन  । केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेकपालाई आपराधिक संगठनको संज्ञा दिंदै प्रतिबन्ध लगाएको हो । एकातिर देश नै टुक्र्याएर मधेशलाई अलग राष्ट निर्माण गर्ने धम्कि दिंदै आएका सिके राउतलाई राजनीतिको मूलधारमा ल्याएको भनेर […]

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

नेपालको तराईभूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेताका निरन्तरका कटुवाणी र परस्पर अन्तरविरोधी व्यवहारले बहसको आगोमा अझ घिउ थपेको छ । सिके राउतसँगको सहमतिलाई प्रधानमन्त्री केपी […]

विप्लव नेतृत्वको नेकपाद्वारा प्रदेश सांसद नियन्त्रणमा

बझाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी एक सांसदलाइ नियन्त्रणमा लिएकाे छ । नेकपा बझाङले सुदुरपश्चिम प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएकाे हाे । सात नं प्रदेश साँसद देवकी मल्ललाइ बझाङको बिजगडाबाट नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन ।  नेकपाको भातृसंगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई गिरफ्तार […]

झिसमिसेमै प्रहरीले विप्लवको गाउँ पसेर यसरी मच्चायो आतंक, महिला उत्रिए प्रतिकारमा

काठमाडौं । कपिलवस्तुको शिवगढीमा प्रहरीले एकाबिहानै छापा मारेपछि सो क्षेत्रको जनजीवन त्रसित बनेको छ । बिहान झिसमिसेमै प्रहरी शिवगढीका घरघरमा पसेर खानतलासी गरेपछि आतंक फैलिएको हो । प्रहरीले एकाबिहानै आएर त्रास फैलाएपछि स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोखेका थिए । बिहानैदेखि सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको थियो । शिवगढी नेपाल कम्युनिस्ट पार्टीका […]

अदालतले भन्यो ‘विप्लव ज्यान मार्ने उद्योगमा लागेका छैनन’

भोजपुर, २२ माघ । भोजपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित १६ नेतालाई एक मुद्दामा सफाई दिएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिट्ब्यूरो सदस्य पदम राईलगायत १६ जनाविरुद्ध भोजपुरमा ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्दा दायर गरिएको थियो । सोही मुद्दामाथि सोमवार सुनुवाई गर्दै […]

‘कथित कारवाही’का बिरुद्ध ५ पत्रकार नेताहरुले विप्लवलाई दिए यस्तो जवाफ, आरोप खण्डन

काठमाडौँ । क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालका ५ जना नेताहरुले पार्टी नेतृत्वले नै सङ्गठनको आन्तरिक विवादलाई छताछुल्ल पारेर अपरिपक्क निर्णय गरेको दावी गरेका छन् । साथै विज्ञप्तिमार्फत आफूहरुमाथि लादिएको ‘कारवाही’ले अच्चम परेको भन्दै उनीहरुले आफुहरु नैतिक मुल्यमा विश्वास गर्ने हुदा जबसम्म मानिसको नैतिक तागत उच्च रहन्छ, तबसम्म जस्तासुकै आरोप लगाइए पनि त्यसले अलिकति पनि असर नगर्ने बताएका […]

कालिकोटका २ वडा अध्यक्षद्वारा राजिनामा, विप्लवको पार्टीमा प्रवेश गर्ने तयारी

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिएको कालिकोटबाट जनप्रतिनिधिको राजनीमा सुरु भएको छ । गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरु दुवै २०७४ वैशाख ३१ गते […]

वार्ताको कुनै गुन्जायस छैन, गिरफ्तारीले क्रान्ति रोकिँदैन: विप्लव (विज्ञप्तिसहित)

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारसँग वार्ता नहुने बताएका छन् । नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेपछि मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सरकारसँग वार्ता नहुने बताएका हुन् । विप्लवले भनेका छन्, सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नै छैन । महासचिव विप्लवले […]

नेकपासँग बार्ता गर्न सरकारले थाल्यो यस्तो गोप्य तयारी, के भन्छन् विप्लव ?

काठमाडौं । केपी-प्रचण्ड सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग बार्ताका लागि तयारी थालेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली समेत गठन भइसकेको स्रोतले बताएको छ । नेपाल कम्युनिस्ट पार्टीसँग हुने उच्चस्तरीय वार्ता टोलीमा नेकपाका नेता सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी तथा गृह मन्त्रालयका एक सहसचिव सदस्य छन् । शुक्रबार राति बसेको […]

बन्द सकिएपछि विप्लवले भने- अन्तिम लडाइँ लड्न जरुरी भइसकेको छ (विज्ञप्तिसहित)

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकार दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएको भन्दै त्यसविरुद्ध अन्तिम लडाइँ लड्नु पर्ने जरुरी भइसकेको बताएका छन् । मंगलबार नेपाल बन्द सकिएलगत्तै विप्लवले विज्ञप्ति जारी गरेर सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् । साथै महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका […]