ओली सरकारविरुद्ध कडा प्रतिरोध गर्ने बेला आएको विप्लवको चेतावनी

काठमाडौं । सरकारले आफ्नो पार्टी र नेता कार्यकर्तामाथि व्यापक मात्रामा धरपकड गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले यो क्रम जारी रहे अब कडा प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् । महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । पछिल्लो समय दाङबाट तीन जना केन्द्रीय सदस्यहरु गिरफ्तार गरिएको […]

विप्लवका दुई केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौं, ६ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली सो पार्टीका न्याय विभाग प्रमुख समेत हुन । त्यस्तै सल्यान घर भएका खड्का पार्टीमा प्रभावशाली […]

विप्लवका जुम्ला इन्चार्ज सुन्धाराबाट पक्राउ

काठमाडौं, ३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रविर तिरुवा ‘रविकिरण’लाई प्रहरीले पक्राउ गरेको छ । उपचारको लागि काठमाडौं आएका उनलाई सोमवार दिउसो सुन्धाराको एक होटेलबाट पक्राउ गरेको हो । रविकिरणसँगै जुम्लाकै वीर कठायतसहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उपचारकै लागि जुम्लाबाट काठमाडौं आएका सुर्य कठायत […]

विप्लव र विद्रोह

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै राजनीतिकवृतमा विप्लवले नेतृत्व गरेको नेकपा र विप्लवबारे व्यापक बहसको थालनी भएको छ । विप्लवलाई उत्तेजीत गराउने र युद्ध भड्काउने खेतीपातीको अभियानले अझै अनेकन हौवा फिजाएका छन् । सरकारले नेकपा नेता कार्यकताहरुलाई पक्राउ गरेर नियन्त्रणमा लिए पनि प्रतिबन्धित नेकपाले प्रतिरोधात्मक जवाफी हमला गरेको छैन । यो घटनापछि राजनीतिमा माओवादी आन्दोलनको धारा मात्र […]

विप्लवको बुटवलमा रहेको कार्यालय भवन प्रहरीले डोजर लगाएर भत्कायो

बुटवल, १५ चैत । बुटवलको पाल्पा रोडमा रहेको नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा प्रहरीले डोजर लगाएर भत्काएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लामो समयदेखि कार्यालयका रुपमा प्रयोग गर्दै आएको रातो घरमा प्रहरीले डोजर लगाएर भत्काएको हो । यसअघि प्रहरीले उक्त घरमा नेकपाका सबै वोर्डहरु हटाएको थियो । रातो घरका नामले चर्चित सो घर माओवादी […]

१६ गते घोषणा गरिएको बन्द विप्लवले लिए फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले यहि चैत्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ । सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । नेकपा महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीमाथिको प्रतिबन्ध हटाउन ओली सरकारलाई चैत मसान्तसम्मकाे अल्टिमेटम समेत दिएका थिए । चरणबद्ध संघर्षका कार्यक्रम अनुसार […]

सरकारको दमन विरुद्ध विप्लवको कडा विज्ञप्ति, चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

काठमाडौं, ११ चैत । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरु गिरफ्तार गर्न थालेपछि त्यसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कडा प्रतिक्रिया दिएका छन् । विप्लवले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन् । आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्ता गिरफ्तार […]

सुदर्शनलाई गिरफ्तार गरेर विप्लवलाई वार्ता अफर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेकपासँग सरकार वार्ता गर्न तयार रहेको बताएका छन्। शनिबार नेकपापा स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज समेत रहेका विप्लव पछिका चाैथाे नम्बरका नेता हेमन्त प्रकाश वली ‘सुर्दशन’लाई गिरफ्तार गरेकै दिन ओली-प्रचण्ड पार्टीका प्रवक्ता श्रेष्ठले वार्तामा बस्न विप्लव नेतृत्वको […]

काभ्रेमा गएराति समातिएका विप्लवका बलिया खम्बा सुदर्शनलाई काठमाडौं ल्याइदै

काठमाडौं, ९ फागुन । काभ्रेको खानिखोलामा गएराति गिरफ्तार परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीलाई काभ्रेबाट काठमाडौं ल्याउने जनाएको छ । प्रहरी स्रोतले नेता सुदर्शनसहित उनीसँग गिरफ्तार भएका अरु ८ जनालाई पनि काठमाडौं ल्याउने तयारी भएको छ । नेता सुदर्शनलाई गएराति काभ्रेको खानीखोला गाँउपालिका–७ मा पर्ने मिल्चेबाट प्रहरीले पक्राउ […]