काठमाडौ । नेपाल कुशवाहा कल्याण समाज काठमाडौं उपत्यकाको कार्यसमितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार गौशालामा सम्पन्न ८ औं अधिवेशनले निरन्जन महतोको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा शम्भु प्रसाद कुशवाहा र महिला उपाध्यक्षमा प्रमिला महतो निर्वाचित भएका छन् । कार्यसमितिको सचिवमा ज्ञानकुमार कुशवाहा र सहसचिवमा जीवछ महतो निर्वाचित […]
Tag: काठमाडौं
नेकपा(बहुमत) ले घोषणा गर्यो दस्ता, यस कारण पर्यो आवश्यक
काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वीत्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ । पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम […]
पत्रकारलाई सहयोग गर्न प्रेस सेन्टर काठमाडौमा रु ५ लाखको अक्षय कोष
काठमाडौं । प्रेस सेन्टर नेपाल काठमाडौंले रु ५ लाखको अक्षय कोष बनाउने भएको छ । आफ्ना सदस्यहरुलाई भैपरीआउने आर्थिक सहयोगका लागि अक्षय कोष बनाइने भएको हो । नव निर्वाचित प्रेस सेन्टर नेपाल, काठमाडौंको बुधबार बालाजुमा सम्पन्न पहिलो कार्यसमिति बैठकले रु ५ लाखको अक्षय कोष बनाउने निर्णय गरेको अध्यक्ष राममणि घिमिरेले बताएका हुन् । सो कोषका […]
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने विधेयक संसदमा पेस हुने
काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, […]
गोठाटारमा ३० वर्षीय युवकको शव फेला
काठमाडौ । काठमाडौंमा मृत अवस्थामा एकजनाको शव फेला परेको छ । कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा शव फेला परेको हो । अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको र उनको नाम,थर बतन नखुलेको स्थानीयले बताए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
पत्रकार रोकालाई गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार
काठमाडौं २६ पुस । प्रेस सेन्टर नेपाल, काठमाडौं शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । उनको नाममा काठमाडौं शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय […]
शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ
काठमाडौँ, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार घुस लिएको अभियोग उनीहरुमाथि लागेको छ । आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ […]
आगमछें र देगु तलेजु मन्दिरको पुनःनिर्माण उपभोक्तामार्फत गरिने
काठमाडौँ, १२ असोज । काठमाडौँको वसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिर र ललितपुरको दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिमार्फत गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले आगमछें र देगु तलेजु मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिमार्फत गर्ने निर्णय गरेको हो । विसं २०७२ को भूकम्पबाट क्षति भएका आगमछें र देगु तलेजु मन्दिर […]
लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा
काठमाडौँ, १८ साउन । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । […]
काठमाडौं महानगरले अब निजी संस्था बनाएर राजधानीको फोहर सङ्कलन गर्ने
काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरूलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका […]