क्रान्तिको गला रेट्न उभिएका संशोधनवादी डाक्टर ऋषिराज बरालका नाममा

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका तर्फबाट विभिन्न स्वरूपका सङ्घर्षहरू भएका छन् । भित्तेलेखन, पर्चा वितरण, जनसभा, कोणसभामा समेत सरकारी हस्तक्षेप […]