धान भित्र्याउनै लाग्दा परेको असिनाले गर्यो तीन करोडको क्षति

नुवाकोट, २१ कार्तिक । धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा तीन करोडको क्षति भएको छ । गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । […]