डोटीमा कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या

डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। केही समय मात्रै सामान्य […]

पत्रकार विद्यार्थी संगठनको आयोजनामा पत्रकार तालिम सम्पन्न

नेपालगंज । पत्रकार विद्यार्थी संगठन बाँकेले तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । मंगलबारबाट सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी पत्रकार सभागी भएका थिए । पत्रकार विद्यार्थी संगठन बाँकेद्वारा सञ्चालित उक्त तालिमको सुरुदेखि अन्तिम दिनसम्म नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष पत्रकार रुद्र सुवेदीले संचारको परिचय,महत्व, प्रकार र समाचार लेखनका विषयमा तालिम दिएका थिए […]

हलिउड मुभीमा अभिनय गर्दै नेपालकी अञ्जली

ट्रान्सजेन्डर (तेस्रोलिंगी) नेपाली मोडल अञ्जली लामाले हलिउड फिल्म खेल्ने भएकी छन्। फिल्म ‘वुमन स्टोरिज’मार्फत लामाले हलिउडमा डेब्यु गर्ने भएकी हुन्। ६ भागमा निर्माण हुने फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतले अभिनय गर्नेछन्। डेडलाइनका अनुसार विभिन्न देशका महिला निर्देशकले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने भएका हुन्। फिल्मको छायांकन भारत, इटाली र […]

छात्रा बलात्कार गर्ने शिक्षकलाई साढे १८ वर्ष जेल

धनकुटा, १४ माघ । धनकुटामा छात्रा बलात्कार गर्ने शिक्षकलाई साढे १८ वर्ष जेल सजाय तोकिएको छ। धनकुटा जिल्ला अदालतले आफ्नै स्कुलमा पढ्ने १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको कसुरमा धनकुटा नगरपालिका–६ का शिक्षक मदन अधिकारीलाई जेल सजाय सुनाएको हो। धनकुटा नगरपालिकाकै ती बालिकाको पटकपटक यौन शोषण गरेको कसुरमा शिक्षक अधिकारीसहित स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ […]

६४ जिल्लामा नौ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, १४ माघ । कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको पहिलो दिन आज नौ हजार ८४ जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ ५ बजेसमम ६४ जिल्लाका सो संख्याका व्यक्तिहरुले खोप लगाएका हुन्। मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ सय ५५, प्रदेश नं २ मा ७२६, वागमतीमा २६ सय ९४, […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड सहयोग

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले चार करोड रुपैयाँ सहयोग गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेशनलाई रु चार करोड दिइसकेको छ । महानगरपालिकामा आयोजना गरिएको […]

फेसबुकले बढायो सामाजिक विकृति, बालविवाह दर बढ्दो

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उनी २० वर्षकी भइन । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । आजभोलि दुई सन्तान पाल्न आफूलाई समस्या […]

डेढ महिनासम्म नियन्त्रणमा आएन थानचोक वनमा लागेको आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ बाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ । आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति […]

४३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार रहेको छ । यसअघि सोमबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार […]

कोभिड १९को परिस्थितिलाई सामना गर्दै रक्तदानमा स्वयंसेवी भूमिका खेल्ने सम्मानित

पुस २६ ,काठमाडौँ। नेपाल स्वयंसेवी रक्तदाता समाजले कोभिड १९को परिस्थितिलाई सामना गर्दै देशभर स्वयंसेवी तवरले रक्त व्यवस्थापनमा अहम् भूमिका खेल्न सहयोग गर्ने विभिन्न व्यक्तित्वलाइ सम्मान गरेको छ। समाजले सनिबार एक कार्यक्रम बीच किर्तिपुर स्थित मञ्जुश्री पार्कमा रक्तदान , परिचयात्मक तथा बनभोज कार्येक्रम गरेको हो। सो अवसरमा २८ जनाले रक्तदान गरेका छन। नेपाल स्वयंसेवी रक्तदाता समाजका […]