पत्रकार विद्यार्थी संगठनको आयोजनामा पत्रकार तालिम सम्पन्न

नेपालगंज । पत्रकार विद्यार्थी संगठन बाँकेले तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । मंगलबारबाट सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी पत्रकार सभागी भएका थिए ।

पत्रकार विद्यार्थी संगठन बाँकेद्वारा सञ्चालित उक्त तालिमको सुरुदेखि अन्तिम दिनसम्म नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष पत्रकार रुद्र सुवेदीले संचारको परिचय,महत्व, प्रकार र समाचार लेखनका विषयमा तालिम दिएका थिए भने नागरिक समाज अनलाइनका कार्यकारी सम्पादक रामु ओलीले मिडिया प्राविधिक विशेषताबारे र इ-सेतोखरी डट कमका प्रधान सम्पादक कमल न्यौपानेले खोजपत्रकारिताबारे तालिम दिएका थिए ।

तालिमको समापनसमारोहलाई सम्बोधन गर्दै पत्रकार विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मुक्ति गैरेले अहिले पनि समाजमा विभिन्न किसिमका पत्रकारहरुले दोहोरो भेरिफिकेशन नगरेर समाचार सम्प्रेषण गरेको हुनाले समाजमा नराम्रो किसिमको अफवाह फैलिएकोले गर्दा सत्य समाचार लेख्ने पत्रकारहरुलाई पनि अफ्ठ्यारो परेको बताए ।

कतिपय ठाउँमा पत्रकारिता गर्न चाहने विद्यार्थीहरुपनि धेरै छन् तर पत्रकारिता बिषयको पाठ्यक्रम नभएर विद्यार्थीहरुलाई अफ्ठ्यारो परेको हुनाले सबै ठाउँमा पत्रकारिता बिषयको पाठ्यक्रम हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

सिकेको कुरा ब्यबहारमा उतारेर तथ्य र सत्यको नजिक रहेर बिश्वासनिय पत्रकारिता गर्न सहभागीलाई अध्यक्ष गैरेले सुझाव दिए । पत्रकारिता पेशा र व्यवसाय भएकोले व्यसायीक क्षमता तिखारिएन भने पत्रकारितामा पेशामा नै टिक्न गाह्रो हुने भन्दै अध्यक्ष गैरेले तालिममा सहभागीहरुलाई सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरे ।

त्यसैगरी संगठनका बाँकेका भेला समेत सम्पन्न भएको छ । भेलाले किशोर शाहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन समेत गरेको छ ।

Loading...