नेपाल वायुसेवा निगमका कर्मचारीहरुलाइ सरल कर्जा सुबिधा

  काठमाडौँ। नेपाल वायुसेवा निगमका कर्मचारीहरुले सरल कर्जा पाउने भएको छ। निगम र राष्ट्रिय वाणिज्य बैँक बीच बिहिबार कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीहरुले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता गरिएको हो । सम्झौतामा निगमका महाप्रबन्धक श्री डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
तलबी बचत खाता संचालनमा रहेका र निगममा ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विना धितो सरल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि ३ वर्ष भन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाह सम्वन्धी विधि बैंकले तोके बमोजिम हुने भएको छ ।
निमगको सिफारिसमा सरल कर्जा रु १५ लाख सम्मको हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजिनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैँकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैँकलाई उपलब्ध गराइने भएको छ । कर्जाको व्याजदर हाललाई आधारदर ५.७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७.७४ प्रतिशत रहने निगमले जनाएको छ । 

Loading...