गोरखाको धार्चेमा दश दिने महत्सव सुरु

काठमाडौँ।  प्रकृति र सस्कृतिको खुल्ला संग्रालय गोरखाको धार्चे गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बिहिबार  देखि आगामी माघ २५ गतेसम्म धार्चे पर्यटन महोत्सवको सुभारम्भ गरिएको छ ।

धार्चे पर्येतन प्रवर्धन समितिको योजनामा भएको  महत्सब्मा गाउ पालिकाले समन्वय गरेको छ। गाउँपालिका भित्र रहेका पर्यटकीय सम्भावनाहरुलाई प्रचारप्रसार गर्दै अन्तरिक बाहिय पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिएका छन् ।

१० दिन सम्म चल्ने महोत्सवमा सांगितीक कार्यक्रमका लगाएत बिभिन्न साहसिक खेलहरु झरनामा खेलिने क्यनिनोनिङ्ग , रकक्लाइमिंग , बीचक्याम्पिंग, र्याफ़्तिङ्ग , जिपलाइन जस्ता खेलहरु समावेस हुने आयोजकले जनाएको छ ।

मेला अवधिभरि गाउँपालिकाको वडा नम्वर ३ बुढीगण्डकी तातोपानीबाट माछाखोलासम्म हुदै खानेवेशी वगरसम्म र्याफ़्तिङ्ग संचालन हुनेछ । वडा नम्वर ७ को नौलीखोलामा २० र १० मिटरको दुई खण्डमा क्यानोनिङ संचालन हुन्छ । वडा नम्वर ६ काशिगाउँ वेशीमा १५ र १२ मिटरको रक क्लाइम्बिङ संचालन हुन्छ । यस्तै, वडा नम्वर ३ खोर्लावेशीमा ५० मिटर दुरीको जीपलाइन खेल हुनेछ। साहसिक खेल पश्चात नौली खोला दोभान बगरमा रात्री वासको लागी ‘बिच क्याम्पिङ’ को समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा धार्चे गाउँपालिका भित्रको पर्यटकिय गन्तव्यहरुको भिडियो समेत प्रद्धर्शन गरिने बताइएको छ । महोत्सवले धार्चेमा रहेको पर्यटकिय गन्तव्यहरुको पहिचान तथा प्रचार प्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सव गर्नका लागी करिव १८ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । दैनिक तीन सय देखि पाँच सय दर्शकले महोत्सवको अवलकोन गर्ने अपेक्षा गरिएको गुरुङले बताए ।
धर्चे गाउँपालिका अन्तरराष्ट्रिय पर्वतकीय पर्यटक संघमा नेपालबाट पहिलो सदस्य गाउँपालिका भएको छ । इन्टरनेसनल माउन्टे टुरिष्ट एलान्यस (आइएमटीए)ले एकमहिनाअघि मात्र सो गाउँपालिकालाई सदस्यता प्रदान गरिएको हो।

पर्येतकका लागि खान बस्न सुबिधा रहेको धार्चे गाउ पुग्न काठमाडौँ बात धादिङ्ग , सल्यानटार , आरुघाट , सुति सम्म ठुला सर्बोजनिक सवारी साधन र सुतिबात सङ सवारी साधन बाट ७ घन्टाको यात्रामा पुग्न सकिन्छ।

धार्चे गाउँपालिकासंग सम्बन्धित भिडियो सामाग्रीहरु –

 

 

Loading...