हलिउड मुभीमा अभिनय गर्दै नेपालकी अञ्जली

ट्रान्सजेन्डर (तेस्रोलिंगी) नेपाली मोडल अञ्जली लामाले हलिउड फिल्म खेल्ने भएकी छन्।

फिल्म ‘वुमन स्टोरिज’मार्फत लामाले हलिउडमा डेब्यु गर्ने भएकी हुन्। ६ भागमा निर्माण हुने फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतले अभिनय गर्नेछन्।

डेडलाइनका अनुसार विभिन्न देशका महिला निर्देशकले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने भएका हुन्। फिल्मको छायांकन भारत, इटाली र अमेरिकामा गरिनेछ।

ज्याकलिन र अञ्जलीको कथालाई भने लीना यादवले निर्देशन गर्ने समाचारमा उल्लेख गरिएको छ।

Loading...