६४ जिल्लामा नौ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, १४ माघ । कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको पहिलो दिन आज नौ हजार ८४ जनाले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ ५ बजेसमम ६४ जिल्लाका सो संख्याका व्यक्तिहरुले खोप लगाएका हुन्।

मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ सय ५५, प्रदेश नं २ मा ७२६, वागमतीमा २६ सय ९४, गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएका हुन्। 

मन्त्रालयले आज ९३ खोप केन्द्रबाट खोप लगाइएको जानकारी दिएको छ। सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई खोप लगाउन सुरु गरेको हो।

Loading...