छात्रा बलात्कार गर्ने शिक्षकलाई साढे १८ वर्ष जेल

धनकुटा, १४ माघ । धनकुटामा छात्रा बलात्कार गर्ने शिक्षकलाई साढे १८ वर्ष जेल सजाय तोकिएको छ।

धनकुटा जिल्ला अदालतले आफ्नै स्कुलमा पढ्ने १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको कसुरमा धनकुटा नगरपालिका–६ का शिक्षक मदन अधिकारीलाई जेल सजाय सुनाएको हो।

धनकुटा नगरपालिकाकै ती बालिकाको पटकपटक यौन शोषण गरेको कसुरमा शिक्षक अधिकारीसहित स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई अदालतले कैद सजाय तोकेको हो।

जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ वर्ष ६ महिना कैद तथा अत्री, श्रेष्ठ र मगरलाई १८÷१८ वर्ष कैद सजाय गर्ने फैसला गरेको हो।

Loading...