गगन थापामाथि बम हान्न सम्लग्न भएको आशंकामा कांग्रेसकै १० नेता गिरफ्तार

काठमाडौँ, १८ मंसिर । नेपाली काँग्रेस युवा नेता काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएका आशंकामा प्रहरीले ४० जनालाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार ४० जनामध्ये १० जना नेपाली काँग्रेसका नेता–कार्यकर्ता हुन् । उनीहरुलाई अनुसन्धानको क्रममा गिरफ्तार गरिएको प्रहरीले बताएको छ । बम ‘रिमोट कन्ट्रोल’ बाट विष्फोट गराइएको […]

यसरी षड्यन्त्रपूर्वक गरिदैछ पत्रकारलार्इ गिरफ्तार, पत्रकारमाथि ज्यादतीको हद

करिव दुर्इ दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील पत्रकार अाेम हमाल अहिले जनता टेलिभिजनमा काम गर्छन । पाेखराबाट प्रकाशित हुने पाेखरा सिटी टाइम्स साप्ताहिकका सम्पादक रहेका उनी अहिले जनसञ्चार डटकमका सम्पादक समेत छन् । प्रहरीले उनीसहित उनका सहकर्मी पत्रकार रमाकान्त बास्ताेलालार्इ पाँच दिनकाे बीचमा दुर्इ पटक गिरफ्तार गर्दै हिरासत लिएर छाेड्याे । उनीहरुलार्इ यस्ताे षड्यन्त्रपूर्वक गिरफ्तार गरियाे […]

उत्तर कोरियाको चेतावनीपछि अमेरिकाले यस्तो भन्यो, कोरियाली प्रायदिपमा युद्धको सम्भावना बढ्याे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । युद्धको सभ्वाना बढ्यो  उत्तर कोरियासँग युद्धको सम्भावना दिनहुँ बढेको उनले बताए । उत्तर कोरियासँग सम्भाब्य युद्ध सैन्य द्धन्द्ध मात्र […]

प्रहरीको गोली लागि मरेका कुमार घैटेले दिएको पैसा माग्दा नदिएपछि गौचनको हत्या गरेको समिरमानको दावी

काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डबारे नयाँ खुलासा भएको छ । हत्या योजनाका मुख्य नाईके ३४ वर्षका समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ तथ्य खुलेको हो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकमबारे उत्पन्न विवादले उनको हत्या भएको प्रहरीले जनाएकाे छ । सीआईबीका अनुसार मृतक […]

शरद गौचन हत्याका मुख्य योजनाकार चितवनमा यसरी परे सीआर्इबीको फन्दामा

काठमाडौं, १७ मंसिर । राजधानीमा दिउसै गाेली हानेर हत्या गरिएका निर्माण व्यवसायी शरद कुमार गाैचनकाे हत्यामा सम्लग्न मुख्य याेजनाकार गिरफ्तार परेका छन् । गाैचन हत्यामा मुख्य याेजनाकार भनिएका समिरमान सिंह बस्नेतलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलार्इ चितवनबाट पक्राउ गरिएकाे जानकारी दिएकाे छ । उनलार्इ हिजाे मंसिर १६ गते नै पक्राउ […]

खेती मासियाे तर ज्यापू संस्कृति जोगाउन मनाइदैछ योमरी पुन्ही

काठमाडौँ, १७ मंसिर । मल्लकालभन्दा अघिदेखि काठमाडौँ उपत्यकाभित्र र बाहिरसमेत नेवारी समुदायको पहिचान बनेको ज्यापू संस्कृतिमा आधुनिकताको प्रभावले परिवर्तन आएपनि मौलिक संस्कृति संरक्षणको मुद्दा सेलाएको छैन । बढ्दो शहरीकरण र कृषिमा आधुनिकीकरणका बीच परम्परागत ज्यापू संस्कृतिको जगेर्नामा यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरू निरन्तर लागिरहेका छन् । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो […]

माछा मार्न गएका टिकारामको सानीभेरीमा बगेर मृत्यु

रुकुम, १७ मंसिर । रुकुम पश्चिमको सानीभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–१० का ६६ वर्षीय टीकाराम ओलीको सानीभेरी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । नदीमा माछा मार्नेक्रममा उनलाई आज बिहान करिब ९ः३० बजेतिर नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नदीमा […]

नेपाली बजारमा अायो अाइफोन १०

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता कम्पनी नेक्स्ट कम्युनिकेशनले आजबाट नेपाली बजारमा एप्पलको आइफोन १० सार्वजनिक गर्ने बताएको छ । नेपाली बजारमा उपलब्ध हुने आइफोन १० मा ६४ जीबी र २५६ जीबीमा हुने एप्पल कम्पनीको दाबी छ । सिल्भर र स्प्रे ग्रे कलरमा आइफोन १० उपलब्ध हुनेछन् । फरक फरक विशेषताका उक्त फोनहरुको भ्याटसहित […]

पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी कर्मचारी दिपिका गिरफ्तार

काठमाडाैं, १६ मंसिर । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीअार्इबी)ले पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी एक महिला कर्मचारीलार्इ गिरफ‍्तार गरेकाे छ । कृषि विकास बैंक न्यूरोड शाखामा कार्यरत दिपिका रेग्मीलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनीसँगै अन्य ३ जना व्यक्ति पनि पक्राउ परेका छन् । दिपिकासँगै पक्राउ पर्नेमा बालाजुका प्रकाश घतानी र दोलखा घर […]

बारामा व्यवसायी दम्पतीकाे विभत्स हत्या

बारा, १६ मंसिर । बारामा फेरि अर्काे बिभत्स हत्या भएकाे छ । बाराकाे बजनीमा एक व्यवसायीका दम्पतीकाे हत्या भएकाे हाे । दाेस्राे चरणकाे निर्वाचन नजिकिदै गर्दा यस्ताे विभत्स हत्या भएपछि स्थानीयवासी त्रसित बनेका छन् । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका बजनीका व्यवसायी ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको विभत्सरुपमा हत्या गरिएको हाे […]