नेपाली बजारमा अायो अाइफोन १०

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता कम्पनी नेक्स्ट कम्युनिकेशनले आजबाट नेपाली बजारमा एप्पलको आइफोन १० सार्वजनिक गर्ने बताएको छ ।

नेपाली बजारमा उपलब्ध हुने आइफोन १० मा ६४ जीबी र २५६ जीबीमा हुने एप्पल कम्पनीको दाबी छ । सिल्भर र स्प्रे ग्रे कलरमा आइफोन १० उपलब्ध हुनेछन् । फरक फरक विशेषताका उक्त फोनहरुको भ्याटसहित मूल्य ६४ जीबीको १ लाख ३८ हजार तथा २५६ जीबीको मूल्य १ लाख ५९ हजार पर्ने एप्पल कम्पनीले बताएको छ ।

ग्राहकले किनेको आइफोन सक्कली हो या होइन भन्ने पत्ता लगाउनका लागि एप्पलको वेवसाइटले पत्ता लगाउन सकिने एप्पल कम्पनीले बताएको छ । एप्पल कम्पनीको वेवसाइटमा ग्राहकले आफूले किनेको आइफोनको सिरियल नम्बरबाट आइफोन सक्कली हो कि होइन परीक्षण गर्न सकिने बताएको छ ।

अनाधिकृत रुपमा आइफोनहरु नेपालमा आउने गरेका कारण परीक्षण प्रणालीको विकास गरिएको एप्पल कम्पनीले बताएको छ ।
गैर कानुनी रुपमा आइफोनहरु नेपाली बजारमा आउने गरेका र त्यसले विभिन्न समस्याहरु आउने गरेका कारण परीक्षण प्रणालीको विकासको गरिएको एप्पलको आधिकारिक कम्पनीले बताएको छ । आइफोन १० को मुख्य विशेषतामा वायरलेस चार्जिङ हो ।

Loading...