बञ्चरो प्रहार गरेर सौताको हत्या

रुकुम, २८ पुस । सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको […]

३८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न

भक्तपुर, २८ पुस । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रले चौबिसै घण्टा दैनिक १०० […]

राजकुमार राई र रोज राणाबीच किरियापुत्री घरमै कुटाकुट

काठमाडौं । विकास बोर्डको अध्यक्ष बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन् भन्ने दृश्य अस्ति दिउँसो दुई बजे पशुपतिमा देख्न पाइयो । कांग्रेसनिकट साँस्कृतिक फाँटका प्रमुख तीर्थ थापा जीवनसंगिनी मैयाँको मृत्युको शोकमा थिए किरियाघरमा । १३ औं दिनको पुण्यतिथिमा पुगेका विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निर्माता संघका महासचिव रोज रानालाई देख्नेबित्तिकै भनिहाले, ‘तिमी चलचित्र विकास […]

तारुकामा यस वर्ष २८ हल गोरु जुधाएर माघे संक्रान्ति मनाइदै

त्रिशूली, नुवाकोट, २८ पुस । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता […]

सीमा क्षेत्रका अाधाजस्तो सीमास्तम्भ गायब

जनकपुरधाम, २८ पुस । नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो ।  सर्वेक्षणको प्रारम्भिक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा […]

ट्वाइलेटमा नातेदारसँग आपत्तीजनक क्रियाकलाप गर्दै गर्दा सेनाका बहालवाला मेजर यसरी परे फन्दामा

काठमाडौं । एसएलसीजस्तै फलामे गेट नेपाली सेनाको मेजरबाट धेरै माथि उक्लिनका लागि उत्तीर्ण गर्नुपर्ने स्टाफ कलेज प्रवेश परीक्षा दिन काठमाडौं आएका मेजर प्रभवविक्रम शाह परीक्षास्थलमा हैन, अन्यत्रै अल्मलिँदा ठूलो समस्यामा छन् । बाग्लुङस्थित २३ बाहिनीमा पोष्टिङ भएका उनी स्टाफ कलेज इन्ट्रान्सका लागि छुट्टीमा आएका थिए । १९ गतेदेखि इन्ट्रान्स, तर १४ गते नै अर्को ‘इन्ट्रान्स’ […]

सशस्त्र प्रहरीका टेन्डर सबै अख्तियारको छानविनमा, ८० लाखको कम्प्युटर टेन्डर विनै

काठमाडौं, २७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको खरिद प्रक्रिया, टेन्डर र रासनभत्तामा अनियमितताको आशंकामा छानबिन थालेको छ। तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको सचिवालयले टेन्डर प्रतिस्पर्धा नै नगराई ८० लाख रुपैयाँ बराबरको कम्प्युटर खरिद गरेको विषयसमेत अख्तियारको छानबिनभित्र परेको छ। सचिवालयमा कार्यरत तत्कालीन डीआईजी शैलेन्द्र खनाल (हाल एआईजी) ले आफ्ना ज्वाइँ […]

५६ लाख ठग्ने भारतीय युएनपार्कमा सिआइबीको फन्दामा

काठमाडौँ, २६ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ५६ लाख ६५ हजार ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले कोन टेक प्रालिको चेक चोरी गरी सोही चेकमार्फत विभिन्न व्यापारीबाट उक्त रकम ठगी गर्ने ३६ वर्षीय भारतीय नागरिक अखिल कुमारलाई मंगलबार युएन पार्क ललितपुरबाट पक्राउ गरी आज सार्वजनिक गरेको […]

प्रलोभनमा पारेर मान्छेहरु युरोपमा पु¥याइ अलपत्र पार्ने तीन पक्राउ

काठमाडौँ, २६ पुस । युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा चापकोट नपा–४ घर भई हाल पोखरा बस्ने प्रदीप गिरी र झापा गौरादह नपा– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो […]

सर्वोच्चका न्यायाधिशले मागे उल्टै आफ्नै प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र

काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले आज पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो । वरिष्ठ चिकित्सक डा गोविन्द केसीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि जारी भएको आदेशमा […]