जुम्लामा २ हजार विद्यार्थीको क्षयरोग परीक्षण

खलङ्गा, २९ जेठ । जुम्लाका पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् । कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् । कर्णाली मावि अनामनगरका ७००, चन्दननाथ नमूना माविका ९००, रत्नचुण्डेश्वर मावि बोहोरागाउँका १७०, जनता […]

विद्यालयको प्राङ्गणमै एकाएक ४ बालकको मृत्यु, विद्यालयमा त्रास

काठमाडौं । दार्चुलाको एक विद्यालयमा प्राङ्गनमा एकैसाथ चार जना बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे नौगढ गाउँपालिका वार्ड नं ४ मा रहेकाे गणेश विनायक माध्यमिक विद्यालयको प्राङ्गणमै ४ बालबालिकाको मृत्यु भएको हाे। जिल्ला प्रहरी कार्यालय दार्जुलाका अनुसार विद्यालयकाे ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक […]

वावुको लाइसेन्स निकाल्न छोरा ट्रायल दिइरहेको भेटिएपछि

वीरगन्ज । पर्साको वीरगन्जमा आफ्ना बुवाको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक युवक पक्राउ परेका छन् । बुवाको नाममा मोटरसाइकलको लाइसेन्सका लागि ट्राइल दिन आएका बेला २१ वर्षीय युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१३ बस्ने २१ वर्षीय अमित रुङ्टा छन् । अमित आफ्ना बुवा राजकुमार रुङ्टाको […]

ट्रकले दियो बसलाई ठक्कर, ठक्करबाट २ भारतीय तीर्थयात्रीको मृत्यु ९ घाइते

रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुर जंगलमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका जनाइएको छ । मंगलपुरको जंगलामा रोकिराखेको ना ६ ख ९०३० नम्बरको तीर्थयात्री सवार बससलाई को १ ख २६२५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । बसमा […]

लोकसेवाको विज्ञापन रोक्ने षड्यन्त्र विरुद्ध विद्यार्थीहरुले सुरु गरे सडक आन्दोलन

काठमाडौं । लोक सेवा आयोगबाट स्थानीय सेवाका कर्मचारी भर्नाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न भनेर जारी भएको निर्देशनविरुद्ध सडक आन्दोलन शुरु भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनविरुद्ध मंगलबारदेखि सडक आन्दोलन शुरु भएको हो ।लोक सेवाको तयारीमा रहेका युवाहरुले संसदीय समितिले दिएको निर्देशनको विरोध गर्दै मंगलबार काठमाडौंको माइतघरमा प्रदर्शन […]

भित्तेपात्रो प्रकाशनमा कडाइ, अनुमती बेगर प्रकाशन गर्न नपाइने( हेर्नुस सूचना )

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिना स्वीकृति भित्तेपात्रो समेत प्रकाशन नगर्न सूचना जारी गरेको छ । समितिद्वारा जारी सूचनामा पात्रो संगै भित्तेपात्रो पनि स्वीकृति लिएर मात्र प्रकाशन गर्न भनिएको छ । पञ्चाङ्ग प्रकाशन गर्न इच्छुक व्यक्ति अथवा संस्थाले यसै आर्थिक वर्षको असार मसान्त सम्म निवेदन दिइसक्नुपर्ने समय सीमा तोकिएको छ । म्याद नाघेर आएको पञ्चाङ्ग उपर […]

सिन्धुलीमा ट्याक्टर दुर्घटनामा परी दुई बालकको मृत्यु

सिन्धुली, २७ जेठ । सिन्धुलीमा ट्याक्टर दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । सिन्धुलीको मरिण गाउँपालिका वार्ड नं. २ मुंग्रेमा उक्त ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मरिण गाउँपालिका वार्ड नं. ४ मरुवाका १३ वर्षीय बालक सुकमान जिम्वा र वार्ड नं. ३ का १४ वर्षीय सागर माझीको मृत्यु भएको हो । जिल्ला प्रहरी […]

बारामा प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच झडप हुँदा ३ को टाउको फुट्यो

बारा, २७ जेठ । विद्युत प्राधिकरणको कमजोरीका कारण हाइभोल्टेज आएर घरका सबै सामानमा क्षति पुगेको विषय उठाउने स्थानीय जनता र प्राधिकरणका कर्मचारीबीच बारामा ठूलो झडप भएको छ । झडपमा परी केही स्थानीयको टाउको समेत फुटेको छ । झडपका क्रममा प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीन जना स्थानीयको टाउको फुटेको हो । बाराको कलैयास्थित विद्युत […]

लोकसेवाले निकालेको ९ हजारको दरवन्दी रद्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २७ जेठ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पूर्ती गर्न निकालेको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन गरेको छ । आयोगले अहिलेसम्मकै बढी ९ हजार कर्मचारी पूर्ती गर्नका लागि विज्ञापन खोलेको थियो । आयोगको विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नभएको भन्दै समितिले रद्द गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु […]

भक्तपुर नगरपालिकाले दिन शुरु गर्यो शैक्षिक ऋण

  भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक ऋण वितरण सुरु गरेको छ । ६ प्रतिशत ब्याजमा बढीमा पाँच लाखसम्म पाइने उक्त ऋण भक्तपुर नपाले चालू आर्थिक वर्षमा ३६ जना विद्यार्थीलाई वितरण गरेको हो । आइतबार एक कार्यक्रमबीच भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले निवदेन दिएका ३६ जनालाई शैक्षिक ऋण प्रदान गरेका हुन् । भक्तपुर […]