सहकारी संस्थालाई एकीकरण गर्ने कार्यलाई तीव्रता दिँदै महानगरपालिका

काठमाडौँ, ११ पुस । काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर […]

आमाको विभत्स हत्यामा संलग्न छोरीसहित चारै अभियुक्त दोषी ठहर: जन्मकैदको फैसला

भक्तपुर, ११ पुस । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै छोरीको घरमा बिभत्स हत्याको सिकार भएकी सावित्री भट्टराइको हत्यामा संलग्न भएको अभियोगमा ४ जनालाई जन्मकैदको आदेश दिइएको छ । जिल्ला अदालत भक्तपुरले हत्याको योजनाकार सावित्रीकी छोरी सहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । गत असार १५ गते आफ्नै छोरीको घरमा सावित्रीको दिनदहाडै […]

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सुनसरी, १० पुस । सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो । कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा […]

काष्ठमण्डप पुनर्निर्माण तीव्र गतिमा आधाभन्दा बढी काम पुरा

काठमाडौँ, १० पुस । ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माणको काम आधाभन्दा बढी सकिएको छ । वि.सं. २०७५ वैशाखबाट सुरु भएको पुनर्निर्माणको काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गर्दै काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको जानकारी दिए । प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा […]

बसको ठक्करबाट गम्भीर घाइते प्रजाको मृत्यु

चितवन, १० पुस । बसले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका १३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका १ दियालोरोडमा पुलचोकबाट बसपार्क तर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले प्रजालाई आज विहान ७ बजे ठक्कर दिएको थियो। गम्भीर घाइते प्रजाको […]

‘प्रहरी हूँ’ भन्दै सेट वाकीटकी देखाएर धम्क्याउने पक्राउ

काठमाडौं, १० पुस। ‘प्रहरी हूँ’ भन्दै सेट वाकीटकी देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै […]

महाविर पुनको आविष्कार केन्द्रमा चिनियाँ बिजुली बसका सिइओको अवलोकन

काठमाडौं, १० पुस। चिनियाँ सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका छन् । बुधवार विहान उनी त्यहाँ पुगेको आविष्कार केन्द्रका अधिकारीहरुले बताए । लोले चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ हुन् । कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका लोलेले निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए। विद्युतिय सवारी साधन बनाउन […]

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

काठमाडौं १० पुस, काठमाडौं । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बिहीबार बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठलाई निमोनिया भएको थियो । निमोनियापछि उनलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा बिहीबार उनको निधन भएको हो । पाल्पा […]

ग्रहण ११:३१ बजे सकिने : खुला आँखाले हेर्न नहुने ग्रहणमा निम्न राशीलाई लाभ हुने भविष्यवाणी

 आज पुस १० गते बिहीवार तदनुसार छब्बीस डिसेम्बर । आजको दिन तिथि अनुसार पौष कृष्ण औशी परेको छ भने पूर्वनिर्धारीत सूर्यग्रहण विहान ८स्४२ बजेबाट शुरु समेत भैसकेको छ ।आजको सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो । सूर्य र पृथ्वीको बीच चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेके पछि पृथ्वीमा लाग्ने ग्रहण नै सूर्यग्रहण हो । पनचाङ्ग निर्णायक समितिका […]

काठमाडौं उपत्यका थप चिसिँदै न्यूनतम तापक्रम ०.९

काठमाडौं १० पुस, काठमाडौं । काठमाडौं उपत्यका थप चिसिँदै गएको छ । बुधबार न्यूनतम तापक्रम २.९ मापन भएको काठमाडौंको तापक्रम बिहीबार अझै घटेर ०.९ मा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो । मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम […]