भारतको हिंसा: मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं, १४ फागुन । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो। उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पुष्टि गरेका छन् […]

डुंगा पल्टिँदा बेपत्ता भएका लुइँटेल मृत फेला

पोखरा, १३ फागुन । फेवातालमा सोमबार डुंगा पल्टिँदा बेपत्ता भएका काठमाडौँ (१० कपनका २७ बर्षीय सुमित भनिने राम शरण लुइँटेल आज मृत फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखर सहितको उद्दार टोलिले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिव ३ वजेको समयमा लुइँटेललाई मृत भेटेको हो । तालको खपौदी क्षेत्रमा ४० […]

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई युवकको ज्यान गयो

काठमाडौँँ, १३ फागुन । काठमाडौँको बालाजु स्थित गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किएका छन । उक्त दुर्घटनामा दुई युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोटरसाईकल चालक नुवाकोटका निखिल तामाङ रहेका छन् । यस्तै मोटरसाइकलमा सवार गम्भीर घाइते नुवाकोट ककनीका रुपेश तामाङको उपचारका क्रममा निधन भएको छ । बालाजुतर्फ आउँदै गरेको बा २ ज […]

सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले सडक लेन छुट्याइने

काठमाडौँ, फागुन १३ गते । भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा यात्रुवाहक, मालवाहक रकम गतिमा गुड्ने सवारीसाधनका लागि सडक लेन छुट्याइने भएको छ । काठमाडौँ उपत्यकाको सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने […]

मगर दिवशको दिन सार्वजनिक बिदा

पाल्पा, १२ फाल्गुन । पाल्पामा आगामी फागुन १५ गते विहिवार सार्वजनिक विदा हुने भएको छ । जिल्लाको निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा ३८ औं मगर दिवशको दिन सार्वजनिक बिदा हुने भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको होमराईमगरले जनाएका छन । यस्तै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर […]

कर्णाली नदीमा जीप खस्यो,चालक खड्काको मृत्यु

दैलेख, १३ फागुन । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् । जीपमा सवार यात्रु झारेर ब्याक गर्ने […]

मेलम्चीको सहायक ठेकेदारको भुक्तानी लागेन टुङ्गो

काठमाडौं, १३ फागुन । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी […]

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौं, १३ फागुन । काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ११ बजे ना१६प ९१३४ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० […]

अनुगमनका क्रममा ३ कम्पनीका औषधि गुणस्तरहीन

काठमाडौं, १३ फागुन । अनुगमनका क्रममा ३ वटा औषधि उत्पादक कम्पनीले बजारमा बिक्रीका निम्ति पठाएका औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि गुणस्तरहीन रहेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले तत्काल त्यस्ता औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको अभिपत्तिकर चूर्ण १०० ग्राम र भास्कर हर्वस्युटिकल्स […]

कोरोना भाइरस बाट २७ सय बढिको मृत्यु, ८० हजार संक्रमित

एनेन्सी, १३ फागुन। चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका २ दर्जन बढी मुलुकमा फैलिसको छ । नोवेल कोरोना ९कोभिड–१९० भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ । पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा […]