१६ प्रहरीले यसरी बाँडे तस्करीको ३६ तोला सुन

काठमाडौँ, १५ फागुन । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ । प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि […]

बेहुलि मण्डपमा कुरिरहिन न बेहुला आए न जन्ती

काठमाडौँ, बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो । काठमाडौंमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले […]

बिद्युतीय गाडीबारे यस्ता छन् भ्रम र तथ्य हेर्नुहोस!

काठमाडौं, १४ फागुन । संसारभर विद्युतीय कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीका अनुसार सन् २०३० सम्ममा विश्वभर १२।५ करोड विद्युतीय कारहरु गुड्नेछन् । यस प्रकारका कारहरु वातावरण मैत्री हुने भएकाले यसको माग र उपयोगको क्रम बढ्दै गएको छ । तर पनि आम मानिसमा बिद्युतीय कारहरुका बारेमा केहि भ्रमहरु पाइन्छन् ।तर ती […]

जन्ती बोकेको बस नदीमा खस्दा २४ जना घटनास्थलमै मृत्यु

एजेन्सी, भारतको राजस्थानमा जन्तीबस मैज नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । बुधबार सबेरै भएको दुर्घटनामा ३ बालबालिका, १० महिलासहित २४ जनाको मृत्यु भएको हो । बरनबाट सवाई मधुपुर जाँदै गरेको बस बुन्डी जिल्ला अन्तर्गतको कोटा- डौसा राजमार्गबाट नदीमा खसेको थियो । बसमा ४० जना सवार रहेकोमा समयमै उद्धार हुन नसक्दा ठूलो मानवीय क्षति […]

खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्दै

काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्ने भएका छन् । अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे काठमाडौंको बिजुली बजारमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताए । शाहीले भ्रष्टाचारको अत्य, रोजगारीको सिर्जना, स्वस्थ्य र शिक्षा निशुल्क, राजनीतिक शुद्धीकरण, राष्ट्रियताको […]

मन्त्रीका सल्लाहकारबाटै किशोरी बलात्कृत

काठमाडौं, १४ फागुन । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेबाट एक किशोरी बलात्कृत भएकी छन्। सिन्धुली घर भई काठमाडौं बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरीले घलेलाई पक्राउ गरेको छ। काठमाडौं नयाँबजार जान बनेपामा बस पर्खेर बसेकी किशोरीलाई घलेले सम्बन्धित ठाउँ पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा हालेर […]

जापान-कोरियामा बढ्दै कोरोना भाइरसको संक्रमण

काठमाडौँ, १४ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका २ दर्जन बढी मुलुकमा फैलिसको छ । लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण चिनमा घट्न थालेको छ । पाँच दिनदेखि संक्रमितको संख्या घट्न थालेसँगै ज्यान गुमाउनेको संख्या पनि घट्न थालेको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ । बुधबार बिहानसम्म चीनमा कोरोनाको […]

भारतको हिंसा: मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं, १४ फागुन । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो। उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पुष्टि गरेका छन् […]

डुंगा पल्टिँदा बेपत्ता भएका लुइँटेल मृत फेला

पोखरा, १३ फागुन । फेवातालमा सोमबार डुंगा पल्टिँदा बेपत्ता भएका काठमाडौँ (१० कपनका २७ बर्षीय सुमित भनिने राम शरण लुइँटेल आज मृत फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखर सहितको उद्दार टोलिले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिव ३ वजेको समयमा लुइँटेललाई मृत भेटेको हो । तालको खपौदी क्षेत्रमा ४० […]

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई युवकको ज्यान गयो

काठमाडौँँ, १३ फागुन । काठमाडौँको बालाजु स्थित गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किएका छन । उक्त दुर्घटनामा दुई युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोटरसाईकल चालक नुवाकोटका निखिल तामाङ रहेका छन् । यस्तै मोटरसाइकलमा सवार गम्भीर घाइते नुवाकोट ककनीका रुपेश तामाङको उपचारका क्रममा निधन भएको छ । बालाजुतर्फ आउँदै गरेको बा २ ज […]