५ सय ३८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

काठमाडौं । गएको २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए। यस्तै, पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका […]

कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो १२८७, २४ घन्टामा थपिए २६ नयाँ संक्रमित

सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लामा थप २६ जना काेराेना संक्रमित भेटिएका छन् । कर्णाली प्रदेश अन्तर्गत सल्यान, सुर्खेत, दैलेख र हुम्लामा नयाँ संक्रमित भेटिएका हुन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ८७ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर […]

चार जना चिकित्सिकमा कोरोना संक्रमण भेटिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्द

घोराही, ६ असार । चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अाकस्मिक बाहेक सबै सेवा बन्द भएकाे छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । अस्पताल बन्दा हुँदा बिरामी तथा […]

युभेन्टसलाई हराउँदै नापोलीले हात पार्यो कोपा इटालियाको उपाधि

एजेन्सी । युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ। बुधबार फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । घरेलु टोली नापोलीले टाइब्रेकरमा ४–२ को जित निकालेको हो । पछिल्लो ६ सिजनमा नापोलीले पहिलोपटक प्रमुख उपाधि जितेको हो । युभेन्टसका पाउलो डिबालको पेनाल्टी नापोलीका गोलरक्षकले जोगाए […]

एकै दिन ५८६ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे ७१७७

काठमाडौं, ३ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या सात हजार १ सय ७७ पुगेकाे छ । त्यसमध्ये ५८६ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन् । संक्रमितमध्ये अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने एक हजार १ सय ६७ जना निकाे भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको बैजनापुर–६ की ४६ वर्षीया […]

क्वारेन्टिनमै दुलाहा दुलहीले गरे मास्क लगाएर बिवाह

दाङ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जोडीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाटै विवाह भएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिए । ‘भारतबाट आएर क्वारेन्टिनमा बस्नु भएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ’ उनले भने, ‘क्वारेन्टिनमा बसेको […]

क्वारेन्टिनमा सामूहिक बलात्कार गर्ने ३ स्वयमसेवकलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाकाे एक क्वारेन्टिनमा राखिएकी महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कैलाली जिल्ला अदालतले करणी सम्बन्धी कसूरमा उनीहरुलाइ अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ […]

रुकुम सोती घटनाका बारेमा नवराजकी प्रेमिका भनिएकी युवतीले दिइन यस्तो सनसनीपूर्ण बयान

काठमाडौँ । रुकुमकाे चाैरजहारी नगरपालिका साेतीमा भएकाे घटनाले अहिले देश पूरै तातिएकाे छ । त्यसका बारेमा विभिन्न टिकाटिप्पणी भएकाे छ । सामाजिक सञ्जालमा घटनामा मारिएका नवराज बिककी प्रेमिका भनिएकी युवती सुष्मा मल्लका बारेमा अनेक आरोप पनि लगाउने गरेका छन । उनले नवराजलाइ बोलाएर उनीहरु सोती गएको भन्दै सुष्माले नवराजलाइ गरेको भनिएको म्यासेजहरु पनि सामाजिक सञ्जालमा […]

पछिल्लो २४ घन्टामा कर्णालीमा भेटिए थप ५२ जना कोरोना संक्रमित

सुर्खेत, ३२ जेठ । पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेशमा कोरोनाको त्रास अझ बढेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ५३०३५, मृत्युु १८

काठमाडौं, ३१ जेठ । नेपालमा काेेेेेेराेना संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । त्यसैगरी मृत्यु हुनेकाे संख्या १८ पुगेको छ । संक्रमित मध्ये ९१३ जना निकाे भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५३०३५ पुगेको हाे । त्यस्तै २४ घन्टामा थप […]