पुनर्निर्मित २२ तले धरहराको आज उदघाटन

काठमाडौँ । २०७२ सालको भुकम्पले भत्काएको धरहरा पुननिर्माण गर्ने कार्य सम्पन्न भएको छ । पुननिर्मित धरहराको आज प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन् ।  वि.सं. २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो । पुनर्निर्मित धरहरा बाहिरबाट […]

माधव समूहको बैठक ओली समूहले रोक्न खोजेपछि नुवाकोटमा तनाव

नुवाकोट । नेकपा एमाले भित्रको विवादका कारण नुवाकोट पार्टी कार्यालयमा तनाव देखिएको छ । माधवकुमार नेपाल समूहका नेताहरुले बोलाएको बैठक अर्को समूहले रोक्न खोजेपछि तनाव बढेको हो । केपी शर्मा ओली पक्षले पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएको थियो । तर, माधव समूहले ताला फुटाएर बैठक शुरु गरेका थिए । यसपछि पार्टी कार्यालयमा सुरक्षाकर्मी […]

सोलु करिडोर प्रशारण लाइनः प्रधानमन्त्री ओली नै असफल

काठमाडौं । नेपालमा बिद्युत बेचेर देशलाई धनी बनाउने राजनीतिक नेताहरुको गफाडी भाषण धेरै सुनिन्छन् । तर, उत्पादन भइसकेको विद्युत समेत उपयोग गर्न नसकेको कुरा भने धेरै राजनीतिक नेताहरुलाई नै थाहा छैन । सोलु करिडोरमा उत्पादन सुरु भइसकेको र उत्पादन हुनै लागेको २१५ मेगावाट बिजुली भने खेर जाँदैछ । बनिसकेको बिजुली बोक्ने प्रशारण लाइन पूरा गर्न […]

कर्णालीका मुख्यमन्त्रीले देखाए लोकतान्त्रिक चरित्र, एमालेका सांसदको साथले जोगियो सरकार

बागमती र गण्डकी प्रदेश लगायतका मुख्यमन्त्रीहरु संसद फेस गर्नबाट भागीरहदा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका थिए । उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिएको छ । नेकपा एमाले(ओली पक्ष) को संसदीय दलको […]

जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

बझाङ, १६ चैत । आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । […]

चीन सरकारले दिएको ८ लाख डोज कोरोना खोप आज नेपाल पुग्दै

काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । […]

डोल्पाका मेयरका दुईवटा डोजरमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं, चैत । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ। नगरपालिकाको केन्द्र जुफालबाट ५ र ६ नम्बर वडा जोड्ने सडक खन्ने काममा प्रयोग भएका डोजरमा आगजनी भएको प्रहरीले जनाएको छ। जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नम्बरका दुइ डोजरमा अज्ञात समूहले हिजो राति […]

मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

काठमाडौं, चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन्। अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष […]

प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची छ । दिउँसो १ बजे डाकिएको बैठकमा सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । यसअतिरिक्त संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव […]

ओलीले एकल रुपमा तोके एमालेको महाधिवेशन, मंसिर २–६सम्म महाधिवेशन हुने

काठमाडौं, २८ फागुन । नेकपा एमालेको ओली पक्षले एकल रुपमा पार्टीको महाधिवेशन तोकेको छ । एमाले अध्यक्ष ओलीले आज आफू निकटका नेताहरुलाई बोलाएर आफू र महासचिव वाहेक सबै पदाधिकारी खारेज गर्नुका साथै पार्टीको दशौं महाधिवेशनको मिति पनि तय गरेका हुन् । ओलीले अब पार्टीको दसौ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेका […]