समुद्रमा डुब्यो रुसी युद्धपोत

बुधबार विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत काला सागरमा डुबेको छ। रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको सैन्य शक्तिको प्रतीकको रुपमा लिइन्थ्यो। युक्रेनले आफ्नो मिसाइलले उक्त युद्धपोत ध्वस्त भएको दाबी गरेको छ। रुसले भने युद्धपोतमा कुनै किसिमको आक्रमण भएको उल्लेख गरेको छैन। उसले यो युद्धपोतमा आगलागी भएको […]

माओवादीको प्रचार सामग्रीमा फोटो राखिएपछि आयोगले सोध्यो कूलमानलाई स्पष्टिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै बिहीबारको बसेको आयोगको बैठकले कार्यकारी निर्देशक घिसिङसँग स्पष्टीकरण सोधेको हो । पार्टीको चुनावी प्रचार सामग्रीमा फोटो राख्ने सहमति दिएको हो कि होइन भनेर आयोगले घिसिङसँग प्रश्न गरेको छ । उनलाई पत्र पठाएर सात दिनभित्र […]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

चैत ३०, काठमाडौं । सत्तारुढ काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा अपरान्ह २ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र र चुनावी तालमेल गर्दा अपनाउने रणनीतिका विषयमा पनि छलफल हुने बुझिएको छ । चुनावमा टिकट वितरण गर्ने संसदीय बोर्ड समेत गठन नभएकाले त्यसमाथि पनि छलफल हुने जनाइएको छ […]

गठबन्धनले तय गर्याे चुनावी तालमेलको सात आधार

३० चैत्र, काठमाडौं ।  सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । तालमेलको आधारमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई प्रमुख शक्तिका रुपमा […]

लगानी सम्मेलनले नेपालमा लगानीका नयाँ अवसर सिर्जना गरेको छः फाउन्डेसन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दुई दिने ‘नेपाल लगानी सम्मेलन २०२२’ सम्पन्न भएको छ। जानकी ग्लोबल फाउन्डेसन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा दुई दिनसम्म चलेको सम्मेलन भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार सुरु भएको थियो । सम्मेलन सम्पन्न भएपछि राजधानीको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरी जानकी फाउन्डेसनले सम्मेलन पूर्ण रुपमा सफल र उपलब्धीपूर्ण भएको […]

फुट्यो लामो इतिहास बोकेको मसालको रक्तिम परिवार

काठमाडौँ । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षहरुमा निलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । […]

नेता वा कार्यकर्ताले पार्टीको विचार र उम्मेदवारको पक्षमा प्रचार गर्न नपाउने, नेताका पोष्ट सेयर गर्न पनि नपाउने

काठमाडौं । राजनीतिक पार्टीका शुभचिन्तक, नेता तथा कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टी वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै यस्तो प्रतिबन्ध लगाएको हो । निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगले व्यापक विवाद सिर्जना हुने गरेको भन्दै आयोगले यस्तो प्रतिबन्धात्मक व्यवस्था गरेको बताइएको छ । शुक्रबार मध्यरातदेखि लागु हुने गरी […]

अर्थतन्त्र डावाडोल पार्न भूमिका खेलेको भन्दै गर्भनर महाप्रसादमाथि सरकारले थाल्यो छानविन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया थालेको छ । राष्ट्र बैंकको महत्वपूर्ण सूचना चुहाउने गरेको भन्दै सरकारले उनीमाथि छानविनको प्रक्रिया अगाडि बढाएको हो । सरकारले उनकाबारेमा जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् । अर्थमन्त्रालयका अनुसार सरकारले तत्कालका लागि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक […]

काठमाडौंका मेयर शाक्यलाई सर्वोच्चमा उपस्थित हुन ७ दिने आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई अदालतमा उपस्थित हुन सात दिने अल्टिमेटमसहित आदेश दिएको छ । अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्चमा हाजिर हुन अादेश दिएपछि मेयर अहिले अाफ्ना निकटका कानुन व्यवसायीसँग परामर्श गरेकाे स्रोतले जनाएको छ । सर्वाेच्चले मेयर शाक्यसहित ४ जनालाई अदालतमा उपस्थित हुन भनेको छ । मेयर शाक्यले एेतिहासिक काष्ठमण्डपको मूर्ति विवादबारे अदालतले […]

निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ। आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो। […]