गठबन्धनले तय गर्याे चुनावी तालमेलको सात आधार

३० चैत्र, काठमाडौं ।  सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । तालमेलको आधारमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई प्रमुख शक्तिका रुपमा स्वीकार गरिएको छ ।

साथै २०७४ को स्थानीय तहको जनमत, अरु दल विजयी भएको स्थानमा सत्तारुढ दलका उम्मेदवारले पाएको मत, वर्तमान संगठनात्मक अवस्थालाई पनि आधार मानिएको छ । सिट बाँडफाँट गर्दा पहिला पाएको मतको साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि ध्यान दिने सहमति भएको छ ।

यसैगरि, सत्तारुढ पाँच दलले महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको सिट बाँडफाँड केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको छ । वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिइनेछ ।

नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखकमा तालमेल तथा बाँडफाँटबारे जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले ५ गते केन्द्रमा पठाउने निर्णय छ ।

Loading...