रुकुम फेरि माओवादी केन्द्रको एकलौटी, जनार्दन ठूलो मत अन्तरले विजयी

काठमाडौं, २२ मंसिर । रुकुममा माअाेवादी केन्द्रले सबै पदमा विजय हासिल गर्ने भएकाे छ । नयाँ संरचना अनुसार विभाजित भइ दुर्इ जिल्ला भएकाे रुकुमका दुबै जिल्लामा माअाेवादीले एकलाैटी जित हासिल गर्ने भएकाे हाे । पूर्वी र पश्चिम रुकुम दुबैबाट प्रतिनिधि सभाका लागि माअाेवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् भने पूर्वी रुकुमकाे प्रदेश सभामा पनि माअाेवादी […]

कांग्रेसका कर्मलार्इ पराजित गरी मनाङमा दीपक मनाङे विजयी

काठमाडाैं, २२ मंसिर । उम्मेदवारी घाेषणादेखि नै चर्चामा रहेका गुण्डा नार्इके राजिव गुरुङ अर्थात दिपक मनाङेले अन्तत: चुनाव जितेरै छाडेका छन् । मनाङे मनाङ प्रदेश ख बाट विजयी भएका हुन् । मनाङे २ हजार ४१० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका कर्म गुरुङलार्इ ३ सय ९० मत अन्तरले पराजित गरेका छन् […]

प्रतिनिधि सभामा पनि एमालेले खोल्यो पहिलो खाता

काठमाडाैं, २२ मंसिर । वामगठबन्धनले प्रतिनिधि सभामा पनि पहिलाे खाता खाेलेकाे छ । वाम गठबन्धनबाट मुस्ताङमा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले जित हासिल गरेका छन् । यसअघि प्रदेश सभा सदस्यमा मुस्ताङ प्रदेश क बाट एमालेकै इन्द्रधारा बिष्टले विजय हासिल गरेका थिए । एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएर विजयी भएका हुन् । […]

मुस्ताङबाट वाम गठबन्धनले खोल्यो पहिलो खाता

काठमाडौं, २१ मंसिर । वाम गठबन्धनले अाफ्नाे जितकाे पहिलाे खाता हिमाली जिल्ला मुस्ताङबाट खाेलेकाे छ । वाम गठबन्धनबाट चुनाव लडेका नेकपा एमाले प्रदेशसभाका उम्मेदवार इन्द्रधारा बिष्टले हिमाल पारीकाे जिल्ला मुस्ताङकाे प्रदेश क बाट जित हासिल गरेका हुन् । उनी यससँगै पहिलाे निर्वाचित प्रदेश सभा सदस्य बनेका छन् । मुस्ताङमा मंसिर १० गते निर्वाचन सम्पन्न भएकाे […]

बाबुरामले फेरि जम्प गरे, काजी परे पछाडि

गोरखा, २१ मंसिर । जारी मत गणनाको ताजा परिणामअनुसार क्षेत्र नम्बर-२ मा नयाँ शक्‍तिका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पछी पारेका छन् । भट्टराईले ८३० मत ल्याउँदा श्रेष्ठ ७६६ मै सिमित हुन पुगेका छन् । सुरुवाती चरणमा अगाडि अाएको श्रेष्ठ अहिले पछी परेका छन् । अब लगातार बाबुरामले नै अग्रता लिने विश्वास गरिएको […]

देशभर मतदान सकियो तर प्यूठानमा मध्यरातसम्म पनि मतदान रोकिएन

प्यूठान, २१ मंसिर । देशभरको निर्वाचन सकिएको बेला एउटा जिल्लाको मतदान भने अहिलेसम्म सकिएको छैन । निर्वाचन आयोगले आज भएका ४५ जिल्लाका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान अवधि तोकेको थियो । तर, प्यूठानको एक मतदान केन्द्रमा भने रात पर्दासम्म पनि मतदान सकिएको छैन । प्यूठानको ओखरकोटमा राती अबेरसम्म पनि मतदान चलेको […]

निर्वाचनको मत परिणाम यस्तो छ (सबैको ताजा अपडेट)

अाज सम्पन्न दाेस्राे चरणकाे निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेकाे छ । मतदान सम्पन्न भएपछि निर्वाचन अायाेगले पत्रकार सम्मेलनकाे अायाेजना गरी यसकाे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा अायाेगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले करिव ६७ प्रतिशत मत खसेको जानकारी दिए । अाज भएकाे दाेस्राे चरणकाे निर्वाचनमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ पदका लागि मतदान […]

मकवानपुरमा मतपेटिका बाेकेकाे गाडीमा बम प्रहार

मकवानपुर २१ मसिंर । मकवानपुरको मनहरी १ चकरी मकरी बाट मतपेटिका बोकेर हेटौंडा आउँदै गरेको गाडीलाई लक्षित गरी बम बिस्फोट भएको छ । हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी र मनहरी गाउँपालिकाको बिच सिमानामा बम बिस्फोट भएको स्थानियको भनाई छ । बिस्फोटको कारण हाल सम्म क्षतिको विवरण भने आएको छैन् ।

निर्वाचन अायाेगले भन्याे ६७ प्रतिशत मत खस्यो

काठमाडौं, २१ मंसिर । निर्वाचन अायाेगले अाज सम्पन्न दाेस्राे चरणकाे निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेकाे जानकारी दिएकाे छ । मतदान सम्पन्न भएपछि अायाेगले पत्रकार सम्मेलनकाे अायाेजना गरी यसकाे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा अायाेगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले करिव ६७ प्रतिशत मत खसेको जानकारी दिए । अाज भएकाे दाेस्राे चरणकाे निर्वाचनमा प्रतिनिधिसभाका […]

भोट हाल्न गएका झुलबहादुर र मुनादेवीको मृत्यु

काठमाडौं, २१ मंसिर । भोट हाल्न गएका दुई वृद्धवृद्धाको मृत्यु भएको छ । डोटीमा मतदान गर्न जाने क्रममा र पाल्पामा मतदान गरेर फर्किने क्रममा उनीहरुको मृत्यु भएको हो । पाल्पाको पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै ८० वर्षीय झुलबहादुर कुमालको मृत्यु भएको छ । वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार रामपुर नगरपालिका–६ का […]