कांग्रेसका कर्मलार्इ पराजित गरी मनाङमा दीपक मनाङे विजयी

काठमाडाैं, २२ मंसिर । उम्मेदवारी घाेषणादेखि नै चर्चामा रहेका गुण्डा नार्इके राजिव गुरुङ अर्थात दिपक मनाङेले अन्तत: चुनाव जितेरै छाडेका छन् । मनाङे मनाङ प्रदेश ख बाट विजयी भएका हुन् ।

मनाङे २ हजार ४१० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका कर्म गुरुङलार्इ ३ सय ९० मत अन्तरले पराजित गरेका छन् । कांग्रेसका कर्म गुरुङले १ हजार २० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेर उठेका मनाङेलार्इ पछि वाम गठबन्धनका लागि एमालेबाट उठेका उम्मेदवारले समर्थन गरेका थिए । एमालेबाट उम्मेदवार बनेकी खाण्डा लामा गुरुङले अाफ्नाे उम्मेवारी फिर्ता लिएर मनाङेलाई समर्थन जनाएकी थिइन् । सुरुमा मनाङे एमालेबाटै उम्मेदवार बन्ने चर्चा थियाे । साेही अनुसार एमालेकाे मनाङ जिल्ला कमिटीले उनकाे नाम सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गरे पनि केन्द्रीय समितिले भने उनकाे नाम काटेर खान्डालार्इ उम्मेवार बनाएकाे थियाे । त्यसपछि मनाङे स्वतन्त्र उम्मेदवार बनेका थिए ।

मनाङ प्रदेश (ख) मा माथिल्लो मनाङका ७ गाविस रहेका छन् । हाल नेस्याङ गाउँपालिका साथै नार र फू गाविस मिलेर बनेको नारफू गाउँपालिका मनाङ प्रदेश ख मा पर्छ । यस क्षेत्रमा कूल ३ हजार ७ सय २ मतदाता रहेकोमा मंसिर १० गते भएकाे निर्वाचनमा २ हजार ४ सय ३६ मत खसेको थियो ।

 

Loading...