एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्‍मा टेबल गर्न दिने

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन् । यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी […]

फिलिपिन्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन

काठमाडौ, ७ फागुन । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउण्डर विवेक यादवलाई यस खेलमा विश्राम दिइएको हो। उनीहरुका स्थानमा ​अलराउण्डर कुशल मल्ल र तीव्र गतीका […]

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं, ७ फागुन । एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका […]

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं, ७ फागुन । आज ७२औं प्रजातन्त्र दिवस ।सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । भक्तपुरमा जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ भने देशैभर स्वेच्छिक रुपमा पनि कार्यक्रम आयोजना गरिएका छन् । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष […]

काडमाडौंमा भेटिएका दुइटा ‘होक्स बम’ निष्क्रिय

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएका बमजस्तो दुइटा शंकास्पद वस्तु​ निष्क्रिय पारिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकर नेपाली सेनाको टोलीले केही बेरअघि डिस्पोज (निष्क्रिय) गरेकाे हाे। ‘दुइटै होक्स बम (नक्कली बम) रहेछन्’, उनले भने। जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ। विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका […]

डिभिजन वन कार्यालय लमजुङ उत्कृष्ट घोषणा

लमजुङ । गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको दिन उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुबेदीले बताए । कार्यमूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको […]

घरजग्गा र सेयर कर्जामा कडाइ, उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो बनाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यसअनुसार राष्ट्र बैंकले घरजग्गा तथा आयात लगायत अनुपादक क्षेत्रमा जाने कर्जाको सीमा पुनरवलोकन गर्ने भएको छ। केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सो व्यवस्था गरेको हो। समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका […]

शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल, महासचिवमा गाउँले

काठमाडौँ । शिक्षा पत्रकार समूहको नयाँ अध्यक्षमा कृष्ण मल्ल चयन भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न समूहको ११ औं अधिवेशनबाट अध्यक्ष मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यस्तै वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा विष्णु विवेक विश्वकर्मा, कोषाध्यक्षमा ममता थापा चयन भएका छन् । यस्तै सदस्यमा हरि […]

धरानको जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो

विराटनगर, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका(४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ। बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताए […]