सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट

काठमाडौँ, १ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताए । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराइने प्रतिबद्धता व्यक्त […]

सौर्य बत्तीले बजार झिलिमिली

जुम्ला, १ असोज । सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ । एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ । तिला गाउँपालिकाको रारालिही, कुडारी , तिलाकोट, जर्मी, एैरेनीलगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो । अहिले तीन दर्जनभन्दा बढी होटल व्यवसाय, […]

‘काबेली बी वान’ को २५ मेगावाट दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी

ताप्लेजुङ, १ असोज । काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको छ । दशैँअगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिए । […]

वन्यजन्तुको आक्रमणमा मृत्यु भएका र क्षति पुगेकालाई राहत

तनहुँ, १ असोज । डिभिजन वन कार्यालयले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका तथा घाइतेलाई रु ४४ लाख १९ हजार ७०४ राहत रकम वितरण गरेको छ । चितुवाको आक्रमणबाट जिल्लामा चारको मृत्यु र भालुको आक्रमणबाट सात घाइते भएका थिए । सोही क्षेत्रमा चितुवाको आक्रमणबाट तीन गाई, १२ बाख्रा, एक भेडा र एक सुँगुरको मृत्यु भएको थियो । […]

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

चितवन, १ असोज । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले सरकारले तोकेभन्दा बढी शुल्क […]

सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता

सङ्खुवासभा, १ असोज । जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् । धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे सिधैँ अरुण नदीमा खसेर […]

बिहानैदेखि उद्योग एवं कलकारखानामा विश्वकर्मा पूजा

पोखरा, १ असोज । निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग एवं कलकारखानामा विश्वकर्माको पूजा […]

प्रमुख र सेक्रेटरीलाई पाँच मुद्दा

भद्रपुर, १ असोज । झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जनालाई राज्यविरुद्धको कसुर, हातहतियार खरखजाना, सङ्गठित अपराध, विस्फोटक पदार्थ र चन्दा आतङ्कको अभियोग लगाइएको […]

बोलेरो जीप भिरबाट खोलामा खस्दा ६ जना बेपत्ता

संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर हिडेको जीप नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । बिरामी बोकेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ हिडेको बोलेरो जीप भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति १०ः३० बजेको समयमा धर्मदेवीनगरपालिका–८ स्थित अक्करको भीरबाट सीधै अरुण नदीमा खसेर […]

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका, सरकारलाई व्यवस्थित दृष्टिकोण र योजना बनाउन सुझाव

काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै विज्ञहरुले बहुविकल्पहरु निर्माण गरेर अघि जानुपर्नेमा जोड दिएका हुन् । फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा […]