काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्ब भन्दा बढी रकम विनियोजन गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको जानकारी दिए । […]
मुख्य समाचार
बुधवार थपिए २५६९ जनामा कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण […]
विद्यालय तहको नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश
काठमाडौँँ । सर्वाेच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ । सो अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशमाको टुङ्गो नलागेसम्म […]
धादिङका पत्रकार सीताराम बर्माको निधन
काठमाडौँ । धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ। राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको शुक्रबार बिहान उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएकोहो। किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए। उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ। नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति […]
झापामा मात्रै ५८ जना कोरोना संक्रमितको मृत्यु
झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ। जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ। कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन्। तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए। उनका अनुसार […]
बाइडन जित नजिक, मतगणना तत्काल रोक्न माग गर्दै अदालत गए ट्रम्प
काठमाडौं, २० कात्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले […]
चार हजार मिटर उचाईको गाउँमा हिउँभित्र हरियो तरकारी
हुम्ला । लिमीका निर्माण गरिएका ग्रीनहाउसबाट सेतो हिउँभित्र पनि हरियो तरकारी खान पाउँदा अचम्म मान्ने गरेको छन् लिमीबासीहरू तर पनि यो कुरा भन्ने सत्य हो हिउँभित्र हरियो तरकारीको परिकार । लिमीको तीन गाउँमा ग्रीनहाउस निर्माण गर्दा अचम्मको कौतुहलता र अवस्था सिर्जना भएको छ । यहाँ बर्षको नौ महिना सेताम्य हिउँ मात्र हुने भएकाले पनि हरियो […]
बुधबार ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १८७८
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७० भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख […]
अनलाइनमार्फत आफू बसेकै ठाउँबाट कक्षा १२ को परीक्षा दिन पाइने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्। आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ […]
धमाधम फर्काइँदै पर्यटक, कोरोना परीक्षण रिपोर्ट बिना डोल्पा प्रवेशमा रोक
डोल्पा । हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ। जिल्लामा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिना नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो। हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी […]








