बोलेरो जीप भिरबाट खोलामा खस्दा ६ जना बेपत्ता

संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर हिडेको जीप नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । बिरामी बोकेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ हिडेको बोलेरो जीप भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् ।

को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति १०ः३० बजेको समयमा धर्मदेवीनगरपालिका–८ स्थित अक्करको भीरबाट सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो ।

गएराती उक्त जीप दुर्घटना हुँदा जीपमा सवार सबै यात्रु हराइरहेका छन् । हराइरहेका मानिसहरु फेला पर्न सकेका छैनन ।

उद्धारको लागि सदरमुकाम खाँदबारीबाट प्रहरीको टोली घटनास्थल पुगेर खोजी कार्य जारी राखेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाए अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ का सन्तोष बिक, त्यसैगरी सोही ठेगानाका संगम श्रेष्ठ , सदीक्षा श्रेष्ठ, दुई मिहने बालक समीर श्रेष्ठ ,प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन्।

Loading...