कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघ्यो

एजेन्सी, कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको एक समाचारमा बताइएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा ज्यान […]

कोरोना भाइरस संक्रमणको त्रासलेबसाइँ सर्ने तयारीमा खरिपाटीवासी

काठमाडौँ, १ फागुन । नेपाल सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन्। स्थानीयका […]

कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ: अध्यक्ष दाहाल

काठमाडौँ, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभामा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक […]

मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना

पाल्पा,२९ माघ । मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ । तानसेन ९ तिन्टीआँपबाट तरकारी लिएर हिंडेको लु २ च ३१४ नम्बरको बलेरो गाडी तानसेन ९ बाहुनखोला सालघारीमा दुर्घटना भएको हो । सहकारीका सहसचिव एवम बजार प्रतिनिधि चिन्तामणि भट्टराई र अनिल थापा सकुशल छन । गाडी सडकबाट करिव १०० मिटर तल खसेकाले […]

पाल्पाली ढाकाको उत्पादन र बजारीकरणमा थप प्रोत्सान:मुख्यमन्त्री

पाल्पा, २९ माघ । पाल्पाली ढाका नेपालकै पुरानो र संस्कृतिको एउटा अंग हो । प्रदेश सरकार र यूके एआडी सीप परियोजनाको सहयोग तथा पाल्पाली ढाका संघको आयोजनामा बुधबार तानसेनमा भएको ‘ढाका परियोजना’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले यस्तो बताएका हुन्। ‘नेपालको चलनचल्तीमा जतिबेला ढाकाको टोपी आयो, त्यो ढाका पाल्पामा उत्पादन भएको थियो’ उनले […]

नवनियुक्त महानिरीक्षक ज्ञवालीले गरे पदभार ग्रहण

काठमाडौं, २९ माघ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका हुन् । बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक आइजीपी ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाई दिएका थिए । मंगलबार बसेको […]

सिन्धुपाल्चोक गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

सिन्धुपाल्चोक, २९ माघ । को जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए । उनका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको […]

दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि

काठमाडौँ, २९ माघ । दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित भएको जानकारी दिए । उनले […]

पुल नबन्दा प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर तुईन तर्न बाध्य स्थानीय

हुम्ला, २९ माघ । सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो तर हुम्ला संगै कर्णालीका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउपालिकाका जनप्रतिनिधिहरु दैनिक पालिका केन्द्रमा आउन जान ज्यानको बाजी मारेर तुइनकै भरमा वहरदोहर गरिरहेका छन् । जनप्रतिनिधि मात्र नभई स्थानियबासीले पनि खेतबारीको […]

गए राती ट्याक्टर दुर्घटनामा चारको मुत्यु, ८ जना घाइते

बुलिगंटार, २९ माघ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका मा गए राती भएको ट्याक्टर दुर्घटना हुदा चार जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको […]