औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था […]

सांसद चौधरीले मागे प्रधानमन्त्री र वनमन्त्रीको राजीनामा

काठमाडौँ, २३ फागुन । काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको बैठकमा सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र वन मन्त्री शक्ति बस्नेतको राजीनामा मागेका छन । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यका साथै देशको पनि चिन्ता लागेको बताउदै भ्रष्टाचारी भाइरसले देशको […]

विनोद चौधरीले ‘ग्लोबल विजनेश समिट’ सम्बोधन गर्ने, नरेन्द्र मोदीसँग पनि भेट

काठमाडौँ, २३ फागुन । चौधरी ग्रुपका अध्यक्षले शुक्रबार इकोनोमिक टाईम्सद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’ लाई सम्बोधन गर्ने भएका छन्। विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिबार नयाँ दिल्लीमा आयोजना हुँदैछ । समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ। इकोनोमिक टाईम्सका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सात जना वरिष्ठ मन्त्रीहरूले सम्बोधन […]

कोरोना त्रास: ‘भक्तपुर महोत्सव’ स्थगित

भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस ९कोभेड १९० का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले छुट्टै सचिवालय समेत बनाइ तयारी तीब्र बनाएको थियो । गौतम लासिवाको नेतृत्वमा बनाइएको सचिवालयले महोत्सवको आधा […]

शिक्षक लाइसेन्स मावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) अङ्ग्रेजी विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका विषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ सिभिल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली […]

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दोश्रो बैठक सुरु

काठमाडौँ, २२ फागुन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको दोश्रो बैठक सिंहदरबारमा सुरु भएको छ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक मन्त्रालयमा सुरु भएको हो । कोरोनाभाइरस नियन्त्रण, रोकथाम र हालसम्म भएका काम कारवाहीका बारेमा समीक्षा गर्दै सुरक्षाका सन्दर्भमा समेत छलफल गर्ने बताइएको छ । यस्तै, बैठकमा […]

विप्लवका जिल्ला सदस्य हतियार सहित पक्राउ

भोजपुर, २२ फागुन । ‘विप्लव’ नेतृत्वको नेकपा भोजपुुरका जिल्ला सदस्य हतियारसहित पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका विप्लव समूह जिल्ला सदस्य समुत परियारलाई हतियारसहित गाउँपालिकाको कोटबाट पक्राउ गरिएको थियो । बुधबार बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । उनको साथबाट बम बनाउन प्रयोग गरिने […]

राधेराधेमा मानव अस्थिपन्जर यसरी भेटियो

भक्तपुर, २२ फागुन । भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका डीएसपी शान्तिराज कोइरालाले बुधवार मानव अस्थिपन्जर फेला परेको पुष्टि गरे । उनका अनुसार स्थानीय राजेश श्रेष्ठको जग्गामा रहेको […]

कोरोनाभाइरस नियन्त्रण गर्न सकिन्छ: विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस फ्लूभन्दा घातक भएपनि नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठन जनाएको छ । कोरोनाभाइरस कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो । तथापि नयाँ कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस […]

चितवनमा ट्रक र बस ठोक्किदा ९ जना गम्भीर घाइते

चितवन, २२ फागुन । चितवनमा बस र ट्रक ठोक्किँदा नौ जना गम्भीर घाइते भएका छन् । चितवनको पूर्व- पश्चिम राजमार्गस्थित खैरहनीमा बिहीबार विहान बस र ट्रक ठोक्किएको थियो । खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्पअगाडि विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६१७३ नम्बरको ट्रक […]